खुल्यो स्टक डिलर कम्पनी, डेढ अर्बको आईपिओ आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 09:21:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले ५ अर्ब चुक्ता पुँजी भएको स्टक डिलर कम्पनी दर्ता गराएको छ । कोषले बुधबार कम्पनी रजिस्ट्रारको कार्यालयमा सहायक कम्पनीको रुपमा  'नागरिक स्टक डिलर कम्पानी लिमिटेड’ दर्ता गराएको हो ।  

कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ ।  कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । कोषले यही साता पत्रकार सम्मेलन गरी आफ्नो सहायक कम्पनीको बारेमा औपचारिक जानकारी दिने तयारी गरेको छ 

वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारको विकासका लागि भएका कार्यक्रम कार्यान्वयनको क्रममा कोषले स्टक डिलर कम्पनी खोलेको हो । कम्पनीले शेयर बजारमा लगानी गर्ने गर्ने र बजारलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ। कम्पनीले  नाफा मात्रै आर्जन गर्ने भन्दा पनि बजारलाई सन्तुलनमा राख्नको लागि बजार धेरै घट्दा शेयर उठाउने र बजार धेरै बढ्दा शेयर बेच्ने गरी काम गर्ने बताईएको छ। अर्थ मन्त्रालयले पनि कोषलाई स्टक डिलर कम्पनी खोल्न भन्दै आएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved