कालिकाको नामबाट जनसेवी लघुवित्तको कारोबार सुरु, पहिलो दिन नै सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 01:17:31 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल  स्टक एक्सचेञ्ज(नेप्से)मा जनसेवी लघुवित्तको कारोबार सुरु भएको छ । कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited  सँग जनसेवी लघुवित्त मर्ज भएपछि मंगलवारबाट कालिका लघुवित्तको नामबाट जनसेवीको कारोबार सुरु भएको छ  । आइपिओ बाँडफाँट लगतै कालिकासँग मर्जरमा गएको जनसेवीको १४ करोड ४३ लाख ३०० कित्ता शेयर कालिका लघुवित्तको नाममा नेप्सेमा सुचिकृत भएको छ । 


कारोबार सुरु भएपछि पहिलो दिन नै कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । नेप्सेमा कालिका लघुवित्तको सेयर कारोबार रोक्का हुँदा सेयर मुल्य प्रतिकित्ता ६ सय ९९ रुपैया थियो । मंगलवारबाट सोही मूल्यबाट कारोबार शुरु भएको छ । यो संचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतले बढेर  ७६८ कायम भएको छ ।  

नेप्सेले मर्जर प्रक्रियाको लागि कालिका लघुवित्तको कारोबार रोक्का गरेको थियो । दुई लघुवित्तले एक बराबर एक शेयर स्वाप अनुपातमा मर्जर गरेका हुन् । नेपाल राष्ट्र बैंकले गत पुस २ गते अन्तिम स्वीकृती दिएपछि यि दुई लघुवित्तको एकिकृत कारोबार भएको हो। त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने संस्थाको सम्पूर्ण सम्पत्ती तथा दायित्व गाभ्ने संस्थाले सकार्ने व्यहोर्ने गरी पुस ११ गते स्वीकृति दिएको थियो।

कालिका लघुवित्त र जनसेवी लघुवित्तले गत जेठ ५ गते एक आपसमा गाभ्ने गाभिने सम्झौता गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved