सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिन कति सुरक्षित ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 09:51:18 AM मा प्रकाशित

laxmi  sunrise bank


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  १० दशमलव २५ प्रतिशत व्याजदरमा १० वर्षे ऋणपत्र निष्कासन गर्न लागेको छ । बैंकले २ अर्ब ५० करोड बराबरको ऋणपत्र  त्रैमासिक व्याज भुक्तानी गर्ने गरी ल्याएको हो । 

बैंकले प्रतिकित्ता १ हजारको २५ लाख कित्ता ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणलाई र  १५ लाख कित्ता विभिन्न संघ संस्थालाई विक्री गर्न लागेको हो ।  सर्वसाधारण मध्येबाट ५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको  छ । १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल. १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई  बिक्री गर्ने बैंकले बताएको छ । 

विक्री प्रवन्धमा ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ । बैंकको २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले कात्तिक ७ गते इक्रा एलबिबिबि प्लस दिएको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त गर्ने यसले बैंकको वित्तीय अवस्था औषत भन्दा माथि तथा  सुरक्षित रहेको मानिन्छ । 

बैंकले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । 

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ। 

अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved