ऐतिहासिक रेकर्ड बनाएको सेयर बजारमा अब कस्तो रणनीति लिने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2020 | 01:56:48 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता शेयर बजार परीसुचक नेप्से करिब ९० अंकले बढेको छ । गत साताको विहिवार १ हजार ३ सय ४४ विन्दुमा बन्द भएको परिसूचक यससाताको विहिवार १ हजार ४ सय ३४ दशमलव ५७ विन्दुमा बन्द भएको छ । एक साताको अवधिमा नेप्से परिसूचक ६ दशमलव ६९ प्रतिशतले बढेको छ । 

यस साता लगानीकर्ताहरु बैंक, लघुवित्त र बीमा सेयरमा धेरै आकर्षित भएका छन् । आइतवार र सोमबार बैंकको सेयरमा आकर्षित भएका  लगानीकर्ता तिनदिन लघुवित्त र बीमा सेयरमा आकर्षित भएका थिए ।  

साप्ताहिक कारोबारमा नँया रेकर्ड

यस साता बजारमा कारोबार रकमले नँया इतिहास रचेको छ । यस साता आइतवारदेखि विहीवारसम्मको कारोबारमा ११ अर्व २० करोड ५४ लाख माथि सेयर कारोबार भएको छ, जुन इतिहास कै बढी कारोबार रकम हो । माघ महिनादेखि सेयर कारोबार रकममा वृद्धि आएको नेप्सेले जनाएको छ । गत साता ६ अर्व ७० करोड ७५ लाख माथि सेयर कारोबार भएकोमा यस साता  कारोबार रकम ६७ दशमलव शून्य ६ अंक बढेको हो । 

गत साताको तुलानामा कारोबार भएको शेयर संख्या ५२ दशमलव २८ प्रतिशत बढेको छ । गत सातामा १ करोड ६६ लाख ३६ हजार ५ सय ८२ कित्ता सेयर कारोबार भएकोमा यस साता २ करोड ५३ लाख ३३ हजार ५ सय ५९ कित्ता सेयर कारोबार भएको छ । 

 गत साताको तुलनामा यस साता बजार पूँजीकरण ६ दशमलव ७२ प्रतिशत बढेको छ । गत साताको विहिवार १७ खर्व १५ अर्व माथि रहेको पुजीकरण यस साता १८ खर्व ३१ अर्व पुगेको छ । धेरै पुँजीकरण भएका कम्पनीहरुको सेयर मुल्य बढेपछि बजार पुँजीकरण बढेको हो ।

सातामा शिवम् सिमेण्टको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको एक सातामा ६५ करोडभन्दा माथि कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिलरी नेपालको ६२ करोडमाथि कारोबार भएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार अनलाइन प्रयोगकर्ता बढेपछि कारोबार रकम बढेको बताउँछन् । नेप्सेका अनुसार अनलाइन कारोबार प्रणाली औपचारिक रुपमा संचालनमा आएपपछि क्रमिक रुपमा कारोबार बढेको हो । यस साता  कुल कारोबारको ३३ प्रतिशत अनलाइबाट मात्र कारोबार भएको छ । 

अबको बजार कता ? 

हाल सूचक  २२ महिनाअघिको विन्दुमा पुगेको र आगामी दिनमा पनि बढ्ने विश्लेषक बताउँछन् । बजारले १६ सय विन्दुको टारगेट लिएको बजारबारे जानकार सन्तोष लिङग्देन बताउछन्  ।   १ हजार ४ सय ५० देखि १ हजार ५ सय विन्दुमा थोरै करेक्सन भएर पुन माथि जाने उनको विश्लेषण छ । 

त्यस्तै ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट सेयर बजार ३ वर्षदेखि निरन्तर घटेर न्युन विन्दुमा आइसकेकाले अब, घट्ने क्रम रोकिएर बढेको बताउँछन् । बजारलाई नजिकबाट नियालेका लगानीकर्ता र बजार हाइ हुँदा होल्डमा बसेका लगानीहरु कारोबार गर्न आएको उनी बताउँछन् । नेप्से परिसूचक १६ सयदेखि १८ विन्दुसम्म हुँदा सेयर खरिद गरेका लगानीकर्ताहरुले सेयर होल्ड गरेर बसेका थिए । बजार थोरै वृद्धि भएपछि बजारमा प्रवेश गर्ने रणनिति बनाएका लगानीकर्ताहरु अहिले सेयर कारोबारमा आएको उनले बताए । धितोपत्र बोर्डले चार नियमावली संशोधन गरेपछि बजारमा त्यसको प्रभाव पनि परेको रानाभाट बताउँछन् ।

नेपाल इनभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बजारमा नयाँ लगानीकर्ता थपिएको र ठुला र संस्थागत लगानीकर्ता पनि पछि परिएला भनेर अहिले सक्रिय भएकोले बजारमा उत्साह थपिएको बताउछन् ।   

लामो समयदेखि लगानीकर्तामा उत्साह नरहेको र उनीहरुको मनोविज्ञान सकारात्मक नभएको बेला कम्पनीहरुको रिपोर्ट राम्रो आएको, बजार सुधारका प्रयासहरु पनि सुरु भएको, लगायतका कारणले पनि बजारमा उत्साह थपिएको उनको भनाई छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएसंगै बजार सुधारका कार्यक्रम बढेको, विभिन्न नियामावलीहरु संशोधन भएको लगायतका कारणले पनि बजारमा उत्साह थपिएको अध्यक्ष रौनियार बताउछन् 

तर सबै भन्दा माथि कम्पनीको अवस्था हुने र कम्पनीहरुको दोस्रो त्रैमाससम्मको रिपोर्ट राम्रो आएकोले पनि लगानीकर्ताहरु राम्रो राम्रो कम्पनी छानेर लगानी बढाउदै गएको उनी बताउछन् । तर सबै कम्पनी राम्रो नभएको भन्दै उनी लगानी गर्दा सोच विचार गर्न आग्रह गर्छन । उनी भन्छन् 'अहिले लघुवित्तहरुमा उत्साह देखिएको छ तर सबै लघुवित्त राम्रो छैन, बजार बढ्यो भन्दैमा हौसिएर लगानी गर्नु भन्दा कम्पनीको बारेमा बुझेर लगानी गर्नु पर्छ ' । उनले धेरै हौसिएर वा धेरै आत्तिएर भन्दा पनि बुझेर गुण र दोषको विश्लेषण गरी राम्रो योजना बनाएर मात्र लगानी गर्न सुझाव दिएका छन्। उनी आउने समय शेयर बजारको लागि राम्रो रहेको पनि दाबी गर्छन  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved