एनएमबि बैंक NMB Bank Limited ले ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नँया खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावालहरुलाई १८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।
दुई नँया योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलबखाता’मा ग्राहकहरुलाई रु १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी रु ५ लाखसम्मको वीमा सुविधा समेत गरेको बैंकले जनाएको छ । बैंकका अनुसार ‘एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकहरुले रु. १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी रु ७ लाखसम्म वीमा र रु १ लाख सम्मको स्वास्थ्य उपचार वीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने बैंकले जनाएको छ ।
ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दैै यो योजना ल्याएको र यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको भएको बैंकको दाबी छ ।