आइतबार नेप्सेको वेबसाइटमा १२ गुणा बढी ट्राफिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 02:41:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा 'ट्राफिक' ह्वात्तै बढेको छ ।  शेयर बजार उकालो लाग्न थालेपछि वेबसाइट हेर्ने आउनेको भिड बढेको हो ।  

नेप्सेका आईटी प्रमुख निरन्जन सिंह नायकका अनुसार आज १२ हजारले एकैपटक वेबसाइट भिजिट गरेको बताए ।  उनले भने '१२ हजारले एकै पटक नेप्सेको वेबसाइटमा क्लिक  गरिरहेका छन्' । उनका अनुसार अन्य समयमा एक हजारदेखि १२ सयले एकै पटक नेप्सेको वेबसाइट खोल्ने गरेकोमा आज त्यो संख्या १२ गुणाले बढेको हो ।  

ह्वातै ट्राफिक बढ्दा कारोबार अवधिमा वेबसाइटमा डाटा देखिन केहि समय लागेको उनले बताए । डाटा डिस्प्ले हुन् केहि समय लागेको भएपनि देखिएको डाटामा भने कुनै समस्या नरहेको उनले बताए ।   

डाटा डिस्प्लेमा ढिलाई हुँदा एक समय वेबसाइटमा १० देखि १५ मिनेट अगाडीको डाटा मात्र देखियो थियो ।  अहिले भने रियल टाइम कै डाटा देखिएको छ । 

यो पनि : 

शेयरबजारमा लागेको छैन सर्किट ब्रेक, यस्तो छ नयाँ नियम

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved