३ अर्ब ६० करोडको कारोबार हुँदा कतिले हेरे नेप्से वेबसाइट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 04:52:18 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा 'ट्राफिक' ह्वात्तै बढेको छ ।  शेयर बजार उकालो लाग्न थालेपछि वेबसाइट हेर्ने आउनेको भिड बढेको हो ।  

नेप्सेका आईटी प्रमुख निरन्जन सिंह नायकका अनुसार आज १२ हजारले एकैपटक वेबसाइट भिजिट गरेको बताए ।  उनले भने ' कारोबार अवधिमा १२ हजारले एकै पटक नेप्सेको वेबसाइटमा क्लिक गरेका  छन्' । उनका अनुसार अन्य समयमा एक हजारदेखि १२ सयले एकै पटक नेप्सेको वेबसाइट खोल्ने गरेकोमा आज त्यो संख्या १२ गुणाले बढेको हो ।  उनका अनुसार आज २ करोड बढी पटक नेप्सेको वेबसाइट भिजिट गरेका छन् । बजार बढेपछि वेबसाइट भिजिट गर्नेको संख्या पनि बढेको हो । 

आज नेपालको पुँजीबजारको इतिहास मै सबैभन्दा बढी रकमको कारोबार भएको छ । आइतबार ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको हो । यस अघिको उच्च कारोबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ  थियो । आज नेप्से सूचक ६९.५६ अंक अर्थात् ४.८५ अंकले बढेको छ । यस संगै नेप्से सूचक १५०४.१४ को बिन्दुमा पुगेको छ 

आज भएको कुल कारोबार मध्ये ४४ प्रतिशत अनलाइन मार्फत भएको नेप्सेले जनाएको छ । 

आज १७८ कम्पनीका ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर खरिद बिक्रि भएको छ आज कारोबारमा आएका मध्ये १४२ कम्पनीको शेयर मूल्य बढेको छ । जस मध्ये १२ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै आज २७ कम्पनीको शेयर मूल्य भने घटेको छ । बाँकि ९ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved