एनआइसीको २ वटा म्युचुअल फण्ड योजनाको यस्तो छ प्रगति, शेयरमा ८८ करोड लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 10:22:03 AM मा प्रकाशित

laxmi  sunrise bank

माघ मसान्तको मासिक विवरण सार्वजानिक गरेका एनआइसी एशिया क्यापिटलका दुई योजनाले सुचिकृत सेयरमा लगानी सहित नाफा बढाएका छन् ।

एनआइसी एशिया ग्रोथ फण्डले माघ मसान्तमा १० करोड ९७ लाख ७ हजार नाफा गरेको छ । योजनाले गत पुस मसान्तमा ५ करोड ९१ लाख १५ हजार नाफा गरेको थियो । योजनाको व्याज, लाभांश र सेयर विक्री बाट १२ करोड १७ लाख १६ आम्दानी भएको छ । योजनाले पुस मसान्तमा ६ करोड ९३ लाख आम्दानी गरेको थियो । 

योजनाको पुस मसान्तमा १० रुपँैया ७२ पैसा रहेको प्रति ईकाई खुद सम्पती मुल्य माघमा ११ रुपैँया ३३ पैसा छ । योजनाले माघमा विभिन्न सूचिकृत कम्पनीहरुमा ५७ करोड ७९ लाख ७ हजार लगानी गरेको छ । योजनाले पुस मसान्तमा ५५ करोड ५३ लाख सेयरमा लगानी गरेको थियो । पुसको तुलनामा माघमा सेयरमा लगानी बढेको छ । 

त्यस्तै, एनआइसी एशिया व्यालेन्स्ड फण्डले माघ मसान्तमा ५ करोड ४१ लाख ८५ हजार नाफा गरेको छ । योजनाले पुस मसान्तमा ३ करोड ५४ लाख नाफा गरेको थियो । योजनाको आम्दानी पुस मसान्तको तुलनामा माघमा करिब २ करोड बढेको छ । 

 योजनाको प्रतिईकाई खुद सम्पती मुल्य १० रुपैया ७२ पैसा छ । पुसमा १० रुपैँया ४७ पैसा थियो । योजनाले विभिन्न सुचिकृत कम्पनीहरुका सेयरमा ३० करोड ५ लाख लगानी गरेको छ । पुस मसान्तमा २१ करोड २ लाख लगानी गरेको थियो ।

यि दुई योजनाको व्यवस्थावपक  एनआइसी एशिया क्यापिटल रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved