शेयरबजारमा आज पनि नयाँ रेकर्ड, १६ सय नजिक पुग्यो सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 03:13:32 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजारले बुधबार फेरी नयाँ रेकर्ड बनाएको छ । बुधबार कारोबार रकम ४ अर्ब नाघेपछि नयाँ रेकर्ड कायम भएको हो । आज बजारमा ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँको कारोबार भएको छ, जुन नेपाल स्टक एक्सचेन्ज नेप्से कै इतिहास कै उच्च हो । यस अघिको उच्च कारोबार ३ अर्ब ६० करोड रहेको थियो ।

आज बजारमा १८० कम्पनीका ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर खरिद बिक्रि भएको छ । कारोबार कित्ताले पनि पनि आज नयाँ रेकर्ड कायम गरेको हो । आज शेयरबजार परिसूचक नेप्से ५०.९३ अंकले बढेर १५९६.१३ को बिन्दुमा पुगेको छ ।

आज लाइफ इन्स्योरेन्सको उपसूचक सबै भन्दा धेरै ५७१.१८ बढेको छ । आज कारोबारमा आएका सबै उप्सुचक बढेका छन् । आज नेपाल लाइफको मात्रै सबै भन्दा धेरै २१ करोड ९९ लाख बराबरको कारोबार भएको छ । आज ८ कम्पनीको शेयर उल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । आज राधी विद्युत कम्पनीका लगानीकर्ताले भने सबै भन्दा धेरै ८.९२ प्रतिशत गुमाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved