१ महिना मै दोब्बर बढ्यो २ म्युचुअल फण्डको नाफा, २ वटा घाटा मै (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 06:44:14 PM मा प्रकाशित

laxmi  sunrise bank

माघ महिनाको वित्तीय विवरण सार्बजनिक गरेका १५ सामुहिक लगानी कोष (म्युचुअल फण्ड) योजना मध्ये २ वटाले दोब्बर बढी नाफा गरेका छन् भने दुई वटा घाटामा रहेका छन् । एनआईबिएल एस क्यापिटल अन्तर्गत संचालित २ योजनाले दोब्बर नाफा कमाएका हुन् भने लक्ष्मी क्यापिटलका दुवै योजना घाटामा छन् ।

शेयर बजार बढेपछि लगानी बुक गर्दा नाफा बढेको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमल्सिना बताउछन्। उनी भन्छन् 'हामीले राम्रा कम्पनी चनौअत गरेर लगानी गरेका थियौ, बजार बढेपछि स्वभाविक रुपमा केहि नाफा बुक गरिएको हो' । सिद्धार्थको दुवै योजनाले पुस महिनाको तुलनामा ७५ प्रतिशत बह्न्दा बढी नाफा कमाएका छन् ।

अधिकांश योजनाले प्राप्त नभएको आम्दानीले नाफा बढेको देखाएका छन् ।  योजनाले व्याजबाट भएको आम्दानी र सेयर विक्रीबाट भएको  नाफालाई  प्राप्त भएको आम्दानीमा राख्ने गरेका छन् । बैंकमा भएको रकमबाट आउने व्याज र  विक्री नगरी होल्ड गरिएका तर ति शेयर  बेच्दा आउने आम्दानीलाई प्राप्त नभएको आम्दानीमा देखाउने गरेका छन् । माघ मसान्तको विवरणमा अधिंकाश योजनाको प्राप्त नभएको आम्दानी बढेको देखिन्छ । यहि कारण केहि योजनाको नाफा दोब्बर बढेको देखिएको हो । योजनाहरुले सेयर बजार बढेपछि नाफा बुक गर्दा सुचिकृत सेयरमा लगानी घटेको देखिन्छ । योजनाले सेयरमा लगानी थप गरेपनि नाफा भएको सेयर विक्री गर्दा लगानी घटेको हो । 

दुई वटा योजनाको बाहेक प्रतिईकाई खुद सम्पती मुल्य  १० माथि रहेको छ । लक्ष्मी बैंकद्धार संचालित भएका लक्ष्मी इक्वीटी फण्ड र लक्ष्मी भ्यालु फण्डभने माघ मसान्तमा घाटामा छन् ।

पुस मसान्तको तुलनामा एनआइबिएल प्रगति फण्डको नाफा १ सय ६२ दशमलव ७२ प्रतिशत बढेको छ । योजनाले पुसमा ३ करोड ८४ लाख १० हजार नाफा गरेको थियो भने माघमा १० करोड ९ लाख नाफा गरेको छ । पुसमा ४ करोड ५४ लाख आम्दानी गरेको योजनाले माघमा १० करोड ९३ लाख २४ हजार लगानी गरेको छ । योजनाको प्राप्त भएको आम्दानी १ करोड १ लाख रहेको छभने प्राप्त हुन बाँकी रकम ९ करोड ९१ लाख ३७ हजार छ । नाफा बढे पनि योजनाका एनएभि भने १० मुनि रहेको छ । योजनाको प्रति इकाई मुल्य ८ दशमलव ७५ बाट बढेर ९ दशमलव ६३ पुगेको छ । 

माघ १ गते १ हजार २ सय ८४ विन्दुमा बन्द भएको सेयर बजार माघको २९ गते १ हजार ३ सय ४१ विन्दुमा बन्द भएको थियो। महिनाभर ५७ अंकले बजार बढ्दा अधिकांश योजनाले नाफा बुक गरेका हुन्  ।

हेर्नुस १५ योजनाको शेयरमा लगानी, नाफा,  प्रतिईकाई खुद सम्पती मुल्यको तुलनात्मक विवरण :





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved