ग्लोवल आइमई सम्मुनत योजनाले सेयर बेचेर १ करोड ४१ लाख कमायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 10:00:09 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोवल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालन भएको ग्लोवल आइएमई समुन्नत योजना १ Global IME Samunnat Scheme 1  ले माघ महिनामा सेयर विक्री गरी १ करोड ४१ लाख ४७ हजार आम्दानी गरेको छ । सेयर बजार बढेपछि योजनाले शेयर बिक्रि गरेर नाफा समेत बुक गरेको हो । 

योजनाले पुस महिनामा ७८ करोड ६३ लाख ६० हजार लगानी गरेकोमा शेयर बिक्रिपछि माघमा शेयरमा लगानी घटेको छ । योजनाले माघ महिनासम्म सुचिकृत सेयरमा ६९ करोड ५६ लाख २५ हजार लगानी गरेको  छ । 

योजनाले ऋणपत्रमा २ करोड ८५ लाख लगानी गरेको छ भने योजनाको निक्षेपमा ४ करोड छ । सो रकमबाट योजनाले १९ लाख ९४ हजार व्याज आम्दानी गरेको छ । योजनाले लगानी गरेको सुचिकृत सेयरबाट १ करोड ६१ लाख ३५ हजार लाभांश आम्दानी गरेको छ ।

योजनासँग भएको सेयरबाट हालको बजारमा मुल्यसँग हिसाब गर्दा ८ करोड १५ लाख नाफा हुन आउँछ । तर त्यो नाफा सेयर विक्री गरेपछि मात्र आउँछ । योजनाले त्यस्तो नाफा प्राप्त हुन बाँकी रकममा देखाँएको छ । 

सेयर बजार बढेपछि योजनाको  प्रतिइकाई खुद सम्पती मुल्य ( एनएभि) पनि बढेको छ  । पुसमा ९ रुपैया २७ पैसा रहेको एनएभि  माघमा बढेर  १० रुपैया शून्य ४ पैसा पुगेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved