५ दिनमै ब्रोकरले कमाए १२ करोड, कसले कति ? (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 28, 2020 | 07:01:46 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता नेपालको पुँजीबजारको इतिहास मै सबैभन्दा बढी रकमको कारोबार भएको छ । यस साता १८ अर्ब ६२ करोड ६६ लाख बराबरको कारोबार भएको छ । 

यति धेरै कारोबार हुँदा कुन ब्रोकरले कति कारोबार गरे र कति कमाए होलान भन्ने आम चासो रहन्छ नै । कुन ब्रोकरले कति कारोबार गरे सहज रुपमा थाहा पाउन सकिए पनि कति कमाए भन्ने यकिन अंक पत्ता लगाउन कठिन हुन्छ। तर ब्रोकरले लिने कमिशन र त्यसबाट उनीहरुले तिर्नुपर्ने दायित्वलाई हिसाब गर्ने हो यकिन अंक नआए पनि निकटको अंक भने थाहा पाउन सकिन्छ । 

धितोपत्र ब्यबसयी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) नियमावलीमा ब्रोकरले कारोबार गरे वापत लिन सक्ने कमिशन बारे ब्यबस्था छ । जस अनुसार ब्रोकरले ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिशन पाउँछन् । जस अनुसार ब्रोकरले  ५० हजारसम्मको शेयरको कारोबारमा ०.६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.५५ प्रतिशत, ५ लाख देखि २० लाखसम्मको कारोबारमा ०.५ प्रतिशत कमिशन पाउछन् ।  यस्तै २० लाख देखि १ करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र १ करोड भन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिशन पाउछन् 

०.४ देखि ०.६ प्रतिशत कमिशन लिन पाउने भएकोले कारोबार अनुसार छुट्याउन कठिन हुन्छ । तर अधिकांश कारोबार ०.५५ प्रतिशत कमिशन आउने अन्तर्गत हुने भएकोले हामीले औसतमा ०.५ प्रतिशतलाई आधार मानेर कमाई निकाल्ने प्रयत्न गरेका छौ । ब्रोकरहरुले खरिदमा पनि र बिक्रिमा पनि कमिशन पाउने भएकोले खरिद रकम र बिक्रि रकमलाई जोडेर कुल कारोबार रकमलाई आधार मानिएको छ । कुल कारोबारमा ०.५ प्रतिशतको दरले कुल कमिशन निकालिएको हो । 

स्टक ब्रोकर एसोसिएसनका भरत रानाभाटका अनुसार पाएको कुल कमिशन मध्येबाट २० प्रतिशत नेप्सेलाई, ०.६ प्रतिशत धितोपत्र बोर्डलाई र ०.५ प्रतिशत सेटलमेन्ट ग्यारेन्टी फण्ड बुझाउनु पर्छ । त्यस्तै आएको कमिशनमा १५ प्रतिशत टिडिएस पनि काटिन्छ । बाँकि बचेको रकम ब्रोकरको हो । ब्रोकरले आफ्नो नाफाको ३० प्रतिशत कर बुझाउनु पर्ने हुन्छ । 

यस अनुसार यस साता सबै ब्रोकरले गरी कुल १२ करोड ४९ लाख २२ हजार कमाएका छन्  । हेर्नुस ब्रोकरको कारोबार रकम, औसत कमिशन, नेप्सेलाई बुझाउनु पर्ने रकम, बोर्डलाई बुझाउनु पर्ने रकम, SGF बाट अंकित गरिएको सेटलमेन्ट ग्यारेन्टी फण्डमा जाने रकम, टिडिएस अगाडिको कमिशन, टिडिएस रकम र सबै तिरेपछि बाँकि रहने कमिशन रकम । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved