७३ अंकले बढ्यो नेप्से सूचक, १८ कम्पनीका लगानीकर्ताले सर्बाधिक कमाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 03:27:34 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार ८६ अंकले घटेको शेयर बजार परिसूचक नेप्से बुधबार ७३.७८ अंकले बढेको छ । बुधबार नेप्से सूचक ५.४७ प्रतिशतले बढेको हो । उक्त वृद्धि संगै सूचक १४२३.०९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका १ सय ८० कम्पनीका ५६ लाख २६ हजार ८ सय १२ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब २२ करोड १० लाख ८१ हजार ६ सय ९० रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेक सबै समुहसूचक बढेका छन् । 

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै २३ करोड ६६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया बैंक , एनएमबी बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक , शिवम सिमेन्ट लगायत रहेका छन् । आज १८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

मंगलबार बजारमा भारी गिरावट आउँदा शेयर विश्लेषकहरुले गिरावट क्षणीक हुने र बजार छिट्टै लयमा फर्कने दाबी गरेका थिए  । नेप्से सूचकले पनि आज त्यहि ट्रेण्ड पछ्याएको छ  ।  हेर्नुस भारी गिरावट आउँदा कसले के भनेका थिए ? 


यो पनि : 


शेयरबजारमा भारी गिरावटको कारण के ? यसो भन्छन् विश्लेषक, लगानीकर्ता, ब्रोकर र विज्ञ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved