तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 08:55:51 AM मा प्रकाशित

laxmi  sunrise bank

विहिवार तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited , वोमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited , र अपि पावर Api Power Company Limited को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

सेन्चुरी र ओमीले फागुन ३० गते बुक क्लोज तोकेका छन् भने  अपिले चैत १ गते तोकेको छ । कम्पनीहरुले बुक क्लोज तोकेको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्र लाभाँश पाउन सक्नेछन् । अपि पावरको चैत १ गते बुक क्लोज तोकेपनि त्यसअघिको अन्तिम कारोबार आज विहिवार नै हुने छ  । 

सेन्चुरी कमर्शियल बैंकले २ प्रतिशत वोनस सेयर र कर सहित ४ दशमलव ७५ प्रतिशत नगद पारित गर्न चैत १४ गते वार्षिक साधारण सभा बोलाएको छ भने वोमीले २५ प्रतिशत वोनस सेयर र करको लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश पारित गर्न चैत १६ गते साधारण सभा बोलाएको छ। । अपि पावर कम्पनीले ५ प्रतिशत वोनस सेयर र हकप्रदको प्रस्ताव पारित गर्न चैत ७ गते साधारण सभा बोलाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved