चैतदेखि ५ घण्टा शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 03:45:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले चैतदेखि कारोबार अवधि ५ घण्टा पुर्याउने तयारी गरेको छ। नेप्सेले कारोबार अवधि बिहान १०:३० देखि दिउँसो ३:३० सम्म कायम गर्न लागेको हो । हाल ११ बजेदेखि ३ बजेसम्म कारोबार हुदै आएको छ । 

नेप्से स्रोतका अनुसार सम्भव भएसम्म आइतबारबाट नै र आइतबार नभए छिट्टै नै अवधि बढाउने गरि काम भईरहेको छ । चैतको पहिलो हप्ता भित्र नै कारोबार अवधि थपिने स्रोतको दाबी छ । 

यद्यपि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद भने यो अध्ययन कै क्रममा रहेको निर्णय भईनसकेको बताए । बिजपाटीसँग उनले भने 'नेपाल धितोपत्र बोर्डले समय अवधि बढाउँनको लागि भनेको हो, हामी छलफल गर्दै छौ।'  उनले अवधि बढाउनको लागि नेप्सेको संचालक समितिले निर्णय गर्नु पर्ने र हालसम्म निर्णय भईनसकेकोले कहिलेबाट अवधि थप हुन्छ यकिन गरी भन्न  नसकिने बताए । 

धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५ मा नेप्सेले कारोबार समय र सत्रमा बोर्डलाई जानकारी दिई  हेरफेर गर्न सक्ने प्रावधान छ।


यो पनि : 

कति सम्भव छ सेयर कारोबारको समय दैनिक १ घन्टा बढाउँन ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved