अर्थमन्त्रीको 'फ्याक्ट चेक': दाबि १६ लाख सेयर लगानीकर्ता, यथार्थमा हजार मात्रै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 13, 2020 | 08:12:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबारको संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर कारोबार गर्ने नेपालीको संख्या १६ लाख भन्दा बढी  रहेको दाबी गरे ।  धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयकको सैदान्तिक छलफलमा उठेको प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले शेयर कारोबार गर्ने नेपालीहरुको संख्या १६ लाख बढी भएको दाबी गरेका गरेका हुन् 

मन्त्री खतिवडाले भनेका थिए ' अहिले धितोपत्रको शेयर कारोबार गर्ने, शेयर किनबेच गर्ने नेपाली दाजुभाईहरु १५-१६ लाख भन्दा बढी भईसक्नु भएको छ' । आफुलाई सेयरबजारको विज्ञ भन्नेदेखि लिएर लगानीकर्ताको हकहितलाई खोलिएका दाबी गर्ने लगानीकर्ता संघहरुले पनि १६ लाख भन्दा बढी लगानीकर्ता रहेको बताउदै आएका छन् ।

तर अर्थमन्त्री र लगानीकर्तासंघहरुले भने जस्तै १६ लाख भन्दा बढी लगानीकर्ता भने बजारमा नभएको तथ्य भेटिएको छ ।  यहाँ लगानीकर्ताको संख्या र ति मध्ये नियमित कारोबार गर्नेको संख्या खोजीनीति गर्ने प्रयास गरिएको छ । 

केन्द्रीय निक्षेप प्रणाली (सिडीएस) को फागुन १९ गतेसम्मको तथ्यांक अनुसार हाल १६ लाख २७ हजार १ सय ४२ वटा डिम्याट खाता रहेका छन् । झट्ट सुन्दा त्यति नै संख्यामा लगानीकर्ता होलान भन्ने लाग्न सक्छ । तर यथार्थ त्यस्तो छैन । यी मध्ये धेरैको कम्तिमा २ वटा बढीमा जति पनि डिम्याट खाता छन् । अर्थात व्यक्ति एकै भएपनि उनीहरुको डिम्याटको खाताको संख्या बहु छ | यस हिसाबले जति खोलिएको छ त्यति नै जना  लगानीकर्ता छन् भन्नु गलत हुन्छ ।

प्रश्न उठ्न सक्छ, एउटा व्यक्तिलाई १ भन्दा धेरै खाता किन आवश्यक पर्यो वा सिडीएसले बढी भएको खाता किन बन्द गर्दैन । पहिले जति वटा पनि खाता खोल्न मिल्नेमा अहिले २ वटा मात्र राख्न पाइने भन्ने धितोपत्र वोर्डको निर्देशन भए पनि यो प्रभावकारी कार्यान्वयन हुन् सकेको छैन | यसैको लागि सिडीएसले बढी खाता हुनेलाई खाता बन्द गर्न आग्रह गरिरहेको छ । तर यसमा एउटा समस्या देखिएको छ जसबारे के गर्ने भन्नेबारे नियामक अनुत्तरित छन् । खातामा १ कित्ता भन्दा कम शेयर भएका खातालाई बन्द गर्न कठिन भएको सिडिएसको दाबि छ। बोनस घोषणा गर्दा १ कित्ता भन्दा कम अर्थात् दशमलवमा रहेका शेयरहरु खाता मै हुँदा त्यसलाई बन्द गर्न समस्या भएको हो । उदाहरणको लागि कुनै डीम्याट खातामा ०.७० शेयर भएको खाता कसरि बन्द गर्ने । न त त्यो शेयर बेच्न नै मिल्छ !

एकातर्फ एकै व्यक्तिको धेरै खाता हुँदा डिम्याटको संख्या हेरेर लगानीकर्ताको संख्या अन्दाज गर्नु गलत हुन्छ भने अर्को तर्फ डिम्याट नगरिएका शेयर पनि छन् र ति पनि लगानीकर्ता हुन् भन्ने ख्याल गर्नुपर्छ । सिडिएसका अनुसार अझै पनि करिब २० प्रतिशत शेयर डिम्याटमा आएका छैनन् । नेपाल स्टक एक्चेन्जको घरायसी तथा मुत्यु नामसारी शाखामा अझै पनि लाखौ कित्ता शेयर प्रमाणपत्र रहेका छन | ति शेयरका शेयरधनी सम्पर्क बाहिर छन् । र सम्भवतः ति आउने सम्भावना कम नै छ ।

शेयर खरिद गर्ने बितिक्कै लगानीकर्ता भन्न नमिल्ने एकथरि विश्लेषकहरुको भनाई छ । कुनै कम्पनीको प्राथमिक शेयरमा लगानी गर्नेहरु ‘लगानीकर्ता’ नभई ‘शेयरधनी’ मात्र भएको उनीहरु तर्क गर्छन । यस तर्कलाई एकपटक बिर्सेर अब कारोबार गर्ने लगानीकर्ताको संख्या हेरौ । रोचक त् के छ भने दोस्रो बजारबाट शेयर कारोबार गर्ने सख्या एकदमै न्यून छ ।

फागुन ११ कै तथ्यांक अनुसार कुल १६ लाख २७ हजार १ सय ४२ वटा डिम्याट खाता मध्ये १० लाख ६२ हजार २ सय ५० वटामा मात्र शेयर छन् । अर्थात् ५ लाख ६४ हजार ८ सय ९२ वटा डिम्याट खातामा शेयर नै छैनन् । सान्जेन जलविद्युत कम्पनीको आरक्षण अन्तर्गत शेयर खरिद गरेकाहरुको डिम्याट खातामा अझै शेयर नआएकोले सान्जेनको मात्र शेयर खरिद गर्न डिम्याट खोलेकाहरुले खाता खाली छ । त्यस्तै आईपीओ भर्नलाई डिम्याट खोलेका र परेको आईपिओ सबै बेचेकाहरुको पनि खाता खाली छ । त्यस्तै आईपिओ वा दोस्रो बजारबाट शेयर किनेका र सबै बेचिसकेकाहरुको पनि खाता खाली छ । त्यस्तै सुरुमा धेरै डिम्याट खाता खोलेका तर अहिले एउटा वा २ वटा खाता चलाउनेहरुको खाता पनि खाली नै छ । 

खातामा शेयर हुनेहरु मध्ये पनि धेरैको खातामा आईपिओको शेयर मात्र रहेको सिडीएसको भनाई छ । अर्थात् उनीहरुले दोस्रो बजारबाट शेयर नै खरिद गरेका छैनन् ।

फागुन १८ गते नेप्सेमा हाल सम्म कै उच्च कारोबार भएको थियो ।  त्यस दिन ४ अर्ब ८४ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको थियो ।  तर त्यस दिन १६ हजार ७ सय ७२ लगानीकर्ताले मात्र शेयर कारोबार गरेका थिए ।  जस मध्ये ३८ सय ६ जनाले अनलाइन मार्फत कारोबार गरेका थिए । त्यस दिनसम्म अनलाइन लिएका लगानीकर्ताको संख्या २२ हजर ९ सय ३३ छ । 

२ बर्ष अगाडी असोज १७ गते बजार १६ सय ६० आसपास रहेको बेला सबै भन्दा धेरै अर्थात् ११ हजार २ सयले दोस्रो बजारमा कारोबार गरेका थिए । यसबाट सजिल्यै अनुमान लगाउन सकिन्छ कि दोस्रो बजारमा नियमित कारोबार गर्नेहरु २० हजार भन्दा पनि कम छन् । ब्रोकरहरु पनि बजारमा नियमित कारोबार गर्ने लगानीकर्ताको संख्या २ हजारको हाराहारीमा मात्र रहेको बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved