गुडविल फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 08:21:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतवार गुडविल फाइनान्सको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन हो । कम्पनीनीले फागुन २८ गतेदेखि ऋणपत्र निष्कासन बिक्रि खुला गरेको हो । कम्पनीले १२ प्रतिशत व्याजदरमा सात वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ हजारमा २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये १ लाख ५० हजार कित्ता व्यक्तिगत तवरमा र  १ लाख कित्ता मध्ये ५ हजार कित्ता सामुहिक लगानी कोषलाई वितरणगरी बाँकी रहेको  ९५ हजार कित्ता सर्वासाधारणलाई विक्री खुला गरेको हो  । 

आवेदकहरुले बैकिङ अवधीसम्म न्युनतम २५ कित्ता र अधिकतम ५ हजार कित्तामा आवेदन दिन पाउनेछन् । यदि कम्पनीको सम्पुर्ण ऋणपत्र विक्री नभएमा चैत १२ गतेसम्म आवेदन दिन सकिन्छ । 

कम्पनीको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल बिबि रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था  जोखिम मध्यम कर्जा बुझाउँछ । कम्पनीको ऋणपत्रको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved