आजदेखि ५ घण्टा शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 09:42:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज चैत्र २ गते आइतबारदेखि ५ घण्टा शेयर कारोबार हुने भएको छ । नेप्सेले आइतबारदेखि परिक्षणकालको रुपमा शेयर कारोबार हुने अवधि बढाउने निर्णय गरेको हो । शुक्रबार बसेको नेप्सेको संचालक समितिको बैठकले अवधि बढाउने निर्णय गरेको हो ।

यस संगै अब प्रारम्भिक कारोबार समय बिहान १०:३० देखि ११ बजेसम्म, बोलकबोल र निरन्तर कारोबार समय अवधि ११ बजेदेखि ४ बजेसम्म र अन्तिम कारोबार समय अवधि ४ बजेदेखि ४ :०५ बजेसम्म कायम गर्ने निर्णय नेप्सेले गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved