अन्तत: नेप्सेले गल्ति स्वीकार्यो, वोमी लघुवित्तको २ दिनको कारोबार रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 01:41:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले वोमी लघुवित्तको शेयर मूल्य समायोजन गर्दा त्रुटी भएको स्वीकार गरेको छ ।  नेप्सेले मूल्य समायोजन गर्दा त्रुटी भएको स्वीकार गर्दै आइतबार र सोमबार भएको सम्पूर्ण कारोबार रद्द गरेको छ भने आजको लागि बाँकि कारोबार स्थगित गरेको छ । 

नेप्सेकी सहायक प्रबक्ता आकृति दंगालले आइतबार र सोमबारको सम्पूर्ण कारोबार रद्द गरिएको र हालको लागि कारोबार स्थगित गरिएको बताएकी हुन् ।  उनले नेप्सेले मंगलबार पुन: मूल्य समायोजन गर्ने र मंगलबारबाट नियमित कारोबार सुरु हुने बिजपाटीलाई बताईन्  । यद्यपि यो समाचार तयार पार्दासम्म नेप्सेले यस बारे औपचारिक सूचना भने दिएको छैन । 

भएको के थियो ? 

नेप्सेले शुक्रबार कम्पनीको २५ प्रतिशत बोनसमा मूल्य समायोजन गरेको थियो । समायोजनपछि मूल्य ८५६ तोकिएको र आइतबार सोहि मूल्यबाट कारोबार भएको थियो 

नेप्सेले २५ प्रतिशतमा बोनस शेयरमा मूल्य समायोजन गरेपनि कम्पनीले घोषणा गरेको लाभांश भने १० प्रतिशत मात्र हो । यस हिसाबमा नेप्सेले १० प्रतिशत बोनसमा मात्र मूल्य समायोजन गर्नु पर्ने थियो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले कम्पनीले हाल कायम चुक्ता पुँजीको  १० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको र त्यहि प्रस्ताव आगामी साधारणसभामा लैजान लागेको बताए । उनले हाल कम्पनीको चुक्ता पुँजी  २५ करोड २५ लाख रहेको र त्यसको १० प्रतिशत बोनस प्रस्ताव गरिएको बताए । 

उनले भने 'वितरण गर्न लागिएको कुल बोनस २ करोड ५२ लाख ७२ हजार हो, असार मसान्तसम्म कायम पुँजी १० करोड १० लाखलाई आधार मान्दा यो २५ प्रतिशत बोनस लाभांश हो , हालको पुँजी २५ करोड २५ लाख पुँजीलाई आधार मान्दा यो १० प्रतिशत मात्र हो' । कम्पनीले नेप्सेलाई पठाएको पत्रमा यहि उल्लेख छ। 

गत बिहिबार कम्पनीको शेयर मूल्य १,०७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यस मूल्यको हिसाबमा कम्पनीको १० प्रतिशत लाभांशलाई आधार मान्दा कम्पनीको समायोजनपछिको शेयर मूल्य ९७२.७२ हुनु पर्ने थियो । तर नेप्सेले २५ प्रतिशतलाई आधार मानेर मूल्य समायोजन गर्दा ८५६ तोकेको थियो, जुन हुनु पर्ने वास्तविक मूल्य भन्दा ११६ रुपैयाँ कम हो    

यो पनि : 

वोमी लघुवित्तको मूल्य समायोजनमा नेप्सेको गम्भीर लापरवाही, कम्पनीलाई देखाएर उम्कने प्रयास

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved