नेप्सेमा सात महिनामा साढे ६९ अर्व बढी सेयर थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 01:24:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सात महिनामा ६९ अर्व  बढीको सेयर सुचिकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको विवरण अनुसार नेप्सेमा ६९ अर्ब ५४ करोडको शेयर सुचिकृत भएको हो ।

यस अवधिमा सबैभन्दा बढी ऋणपत्रको सुचिकृत भएको छ । सो अवधीमा १९ अर्व ४६ करोड ऋणपत्र, १९ अर्व १३ करोडको वोन, १० अर्व ५६ करोड रुपैँयाको साधारण सेयर, ५ अर्व ७५ करोडको म्यूचुअल फण्ड र २ अर्व ९६ करोडको हकप्रद सेयर सुचिकृत भएको छ । अन्य कम्पनीहरुको गरी ११ बरोड ६८ करोड रुपैँयाको थप धितोपत्र सुचिकृत भएको छ । 

समिक्षा अवधीमा नेपाल धितोपत्र बोर्डले २६ अर्व २६ करोडको धितोपत्र निष्कासन गर्न अनुमति दिएको छ । जसमा २१ अर्व २० करोडको डिवेन्चर, ३ अर्व ७३ करोडको हकप्रद, १ अवृको म्य्रच्अल फण्ड, ३३ करोड ५१ लाखको साधारण सेयर रहेको छ । 

नेप्सेमा बैंक तथा वित्तीय र बीमाले ८० दशमलव ३ प्रतिशत धितोपत्र बजार पूँजीकरणको हिस्सा ओगटेको छ ।  जलविद्युतले ५ दशमलव ८, उत्पादन तथा प्रशोधन उद्योगले ३ दशमलव ७, होटलले १ दशमलव ५, व्यापारले शून्य दशमलव ३ प्रतिशत र अन्य समुहका कम्पनीहरुले ८ दशमलव ५ प्रतिशत हिस्सा ओगटेका छन् । 

नेप्सेमा सुचिकृत कम्पनीमध्य १ सय ४८ बैंक तथा वित्तीय र बीमा रहेको छ भने ३२ जलविद्युत कम्पनी रहेका छन् । १० ओटा उत्पादन तथा प्रशोधन, ४ ÷४ ओटा व्यापारिक र अन्य समूहका कम्पनी छन् । समिक्षा अवधीको माघसम्म नेप्सेमा २सय ११ कम्पनी सुचिकृत छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved