२५ जना भन्दा बढी जम्मा हुन नपाईने भएपछि के हुन्छ ब्रोकर हाउसबाट हुने शेयरकारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 06:40:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २५ जना भन्दा बढी मानिस जम्मा हुन बन्द गर्ने  निर्णय गरेसंगै ब्रोकर हाउसबाट हुने शेयर कारोबार के होला भन्ने चासो बढेको छ। कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो  

यस संगै लगानीकर्ता र बजारका सरोकारवालाहरुमा ब्रोकर हाउसबाट हुने शेयर कारोबार के हुन्छ भन्ने चासो बढेको छ  । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले यस बारे बिहिबार छलफल हुने बताएका छन् । उनले बिहिबार धितोपत्र बोर्ड, नेप्से र ब्रोकरहरु बीच छलफल गरेर कसरी अगाडी बढ्ने भन्ने बारे छलफल गरिने बताएका हुन् । 

उनले भने ' सरकारको निर्णय कार्यन्वयन गर्नु पर्ने हुन्छ तर भोलि २५ जना भन्दा बढी लगानीकर्ता ब्रोकर हाउसमा आए भने तपाईहरु फर्किनुस भन्न मिल्दैन, थप छलफल गरेर हामी केहि निकास निकालेर अगाडी बढ्छौ' । 

तर अहिले अनलाइन आईसकेको र लगानीकर्ता ब्रोकर हाउसमा नगई पनि घरबाटै कारोबार गर्न सक्ने भएकोले अनलाइनलाई बढी प्रोत्साहन गरिने उनले बताएका छन् । उनले लगानीकर्तालाई पनि अनलाइनको लागि आईडी र पासवर्ड लिन आग्रह गरेका छन् । 

उता नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अहिले ब्रोकर हाउसमा खासै भिड नरहेको जानकरी आफुले पाएपनि यस बारे बिहिबार ब्रोकरहरुसँग छलफल हुने बताए । उनले यसको लागि ब्रोकरहरुले आवश्यक ब्यबस्थापन गर्नु पर्ने बताएका छन् ।

नेप्से सीइओ साउद जस्तै उनले पनि घरबाट कारोबार गर्न सकिने भएकोले अनलाइन कारोबार गर्न आग्रह गरेका छन् । यसबारे बिहिबार छलफल गरेर आवश्यक निर्णय लिईने उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved