ब्रोकर हाउसको 'डिस्प्ले बोर्ड' राख्ने कोठा बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 03:47:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ब्रोकर हाउसमा रहेको डिस्प्ले स्क्रिन बन्द गर्न निर्देशन दिएको छ । बोर्डले ब्रोकर हाउसमा रहेको स्क्रिन एक्जिविसन रुम बन्द गर्न निर्देशन दिएको हो । 

त्यस्तै बोर्डले ब्रोकर हाउसमा कर्मचारी बाहेक ५ जना भन्दा बढी ग्रहकाको भिडभाड नगर्न निर्देशन दिएको छ । त्यस्तै ब्रोकर हाउसमा लगानीकर्ता र ब्रोकरको लागि स्यानीटाईजर, मास्क ब्यबस्था गर्न बोर्डले निर्देशन दिएको छ । साथै बोर्डले भाइरसबाट बच्नको लागि सूचनामुलक संदेश प्रवेशद्वारा राख्न समेत निर्देशन दिएको छ । 

लगानीकर्ताहरुले कारोबार नै बन्द गर्न आग्रह गरेपनि बोर्डले यस बारे भने हाल सम्म कुनै निर्णय गरेको छैन ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved