शेयर कारोबार नगर्ने ब्रोकरको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 10:34:30 AM मा प्रकाशित

laxmi  sunrise bank

स्टक ब्रोकर एशोसिएसन अफ नेपालले आज आइतबारबाट आफ्नो सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ । सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न निर्देशन दिएपछि आफ्नो सेवा अत्यावश्यक भित्र नपर्ने भन्दै ब्रोकरले सेवा बन्द गर्ने जनाएका हुन् ।

 बैंक र बीमा अत्यावश्यक सेवामा परेपनि पूँजीबजार त्यसमा नपरेकाले बन्द  गरेको ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले बताएका छन् । 

नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार संचालक नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङबाट थप निर्देशन भएमा सोही अनुसार संघले समन्वय तथा जानकारी गराउने संघले जनाएको छ । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved