सेयरकारोबार बन्द गर्न माग गर्दै लगानीकर्ताका नेता नेप्सेको प्राङ्गणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 10:35:30 AM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ताका संगठनहरुले सरकारले घोषणा गरेको अघोषित ुलक्डाउन को अवधिसम्म सेयरकारोबार बन्द गर्नुपर्ने आवाज उठाएका छन्। नेपाल राजपत्रमा अत्यावश्यक सेवा भित्र सेयरबजार नपर्ने र त्रासको माहोलामा लगानीकर्ताले सहि निर्णय लिन नसक्ने भन्दै लगानीकर्ताका संगठनहरुले संयुक्त रुपमा सेयर कारोबार बन्द गर्नुपर्ने आवाज उठाएका हुन्। 

सेयरबजार सुचारु राख्ने कि बन्द गर्ने भन्नेबारे आज नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डमा संचालक समितिको बैठक बस्दै गर्दा लगानीकर्ता संगठनका नेताहरु नेप्सेको प्रारंगणमा नै पुगेर सेयरबजार बन्द गर्नलाई दबाब दिन पुगेका हुन्। नेप्सेको प्रांगणमा लगानीकर्ताका ५ वटै संगठनका पदाधिकारीहरु पुगेका छन। 

"ठुलो संख्यामा लगानीकर्ता काठमाडौं बाहिर गैसकेको अवस्था छ भने अर्को तर्फ अनलाइन प्रणाली भनीएपनि ब्रोकर नगई कति काम नहुने अवस्था छ, यस्तो बेला सेयरकारोबार खुला राख्नु सरकारको निर्देशन नमान्नु मात्र नभई लगानीकर्ताको ज्युज्यानप्रति खेलवाड गरिनु हो" नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बिजपाटीलाई बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved