नियमअनुसार सेयर कारोबार गराउन अर्थमन्त्रीको निर्देशन, सीईओ साउद भन्छन- झुटो प्रचार भयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 03:38:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले नियमानुसार सेयरबजार सुचारु गर्ने नगर्ने निर्णय लिनलाई निर्देशन दिएका छन। नेप्से संचालक समितिको बैठक सकेर अर्थमन्त्रालय पुगेका नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई अर्थमन्त्री खतिवडाले यस्तो निर्देशन दिएका हुन्। 

आफूखुसी बजार खुलाएको आरोपमा स्पष्टिकरण सोध्न अर्थमन्त्रालयको निर्देशन भएको बिषय झुटो भएको भन्दै सीईओ साउदले अर्थमन्त्रीबाट नियमकानुन के छ त्यसअनुसार अगाडि बढ्न निर्देशन भएको बिजपाटीलाई बताए। 

उनकाअनुसार नेप्से र धितोपत्र बोर्डको संचालक समितिको अब बस्ने बैठकले सेयर कारोबार खुलाउने कि बन्द गर्ने भन्नेबारे निर्णय हुनेछ। बिजपाटी डटकमलाई प्राप्त जानकारीअनुसार बजार बन्दको माग आज बिहान नेप्सेको प्रागण पुगेका लगानीकर्ताका पाँच वटा संगठनका अध्यक्ष सहितका पदाधिकारीहरु पनि धितोपत्र बोर्डमा छलफलमा पुगेका छन्। 

भोलि अर्थात सोमबारदेखि सेयर कारोबार बन्द गर्ने गरि छलफल अगाडी बढेको सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले बिजपाटीलाई बताए।  आफुहरुले भर्खरै अर्थमन्त्रालयका कामू राजस्व सचिव रामशरण पुडासैनीसँग भेट गरेर थप छलफलका लागि धितोपत्र बोर्ड जाने तयारीमा रहेको उनले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved