नविल म्युचुअल फण्डका दुई योजना नाफामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 08:32:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको नाफा फागुनमा बढेको छ ।  नबिल ब्यालेन्स फण्ड –२ र नबिल इक्वीटी फण्डको नाफा माघको तुलनामा फागुनमा बढेको हो ।  

नविल व्यालेन्स फण्ड् २ले फागुन मसान्तसम्ममा ९ करोड ७७ लाख नाफा गरेको छ । योजनाले माघमा ८ करोड ५० लाख नाफा गरेको थियो । योजनाले व्याज आम्दानीबाट ९ करोड ९९ लाख , लाभाँश आम्दानीबाट ६८ लाख ६३ हजार र धितोपत्र विक्रीबाट २ करोड ४८ लाख ६१ हजार नाफा गरेपछि नाफा बढेको हो । 

योजनाले सुचिकृत सेयरमा ३८ करोड २१ लाख र ऋणपत्रमा १५ करोड ८४ लाख लगानी गरेको छ । योजनाको मुद्धति निक्षेपमा ६ करोड २० लाख छ । योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य  १० दशमलव ९१ रहेको छ  ।

त्यसैगरि, नबिल इक्वीटी फण्डले फागुन मसान्तसम्ममा  १७ करोड ४१ लाख नाफा कमाएको छ । योजनाले  माघ मसान्तसम्म  १५ करोड १६ लाख नाफ गरेको थियो ।  नबिल इक्वीटी फण्डको प्रति इकाई खुद सम्पत्तिको मूल्य  १० दशमलव ४१ पुगेको छ ।

योजनाको व्याज आम्दानी २ करोड २५ लाख छ भने लाभ आम्दानी १ करोड ३२ लाख छ । साथै, योजनाले धितोपत्र विक्रीबाट ४ करोड ६९ लाख ७६ हजार आम्दानी गरेको छ । 

योजनाले फागुन मसान्तसम्म सूचीकृत शेयर, ऋणपत्र र सूचीकृत नभएका शेयर ऋणपत्र, मुद्दति निक्षेप गरेर कुल  ८६ करोड ८७ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तसम्ममा ९० करोड ९१ लाख थियो । यि दुबै योजनाको व्यवस्थापक नविल इन्भेष्टमेण्ट बैकिङ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved