सिद्धार्थ म्युचुअल फण्डका दुई योजना नाफामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 08:58:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको नाफा माघको तुलनामा फागुनमा बढेको छ । सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ र सिद्धार्थ इक्वीटी फण्ड Siddhartha Equity Fund को नाफा बढेको हो ।  

सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले फागुन मसान्तसम्ममा ११ करोड ३२ लाख नाफा गरेको छ । योजनाले माघमा ९ करोड ९३ लाख नाफा गरेको थियो । योजनाको प्राप्त भइसकेको आम्दानी ४ करोड ४० लाख छ भने प्राप्त हुन बाँकी आम्दानी ८ करोड ९८ लाख छ । 

योजनाले सुचिकृत सेयरमा ६९ करोड ७५ लाख लगानी गरेको छ । यस्तो लगानी माघसम्म ५८ करोड १७ लाख थियो । योजनाको मुद्धति निक्षेपमा रकम माघको तुलनामा घटेको छ । फागुमा सेयर बजार बढेकाले मुद्धतिको रकम सेयरमा लगानी गरेको देखिन्छ  । माघ मसान्तसम्म १२ करोड मुद्धतिमा थियो भने फागुनमा ७ करोड मात्र छ । योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य  १० दशमलव ९४ रहेको छ  । माघमा १० दशमलव ८३ रुपैयाँ थियो । 

त्यसैगरि, सिद्धार्थ इक्वीटी फण्डले फागुन मसान्तसम्ममा  १४ करोड ५१ लाख नाफा कमाएको छ । योजनाले  माघ मसान्तसम्म  १२ करोड ७९ लाख नाफ गरेको थियो ।  फण्डको प्रति इकाई खुद सम्पत्तिको मूल्य  १० दशमलव ११ पुगेको छ । योजनाको प्राप्त भइसकेको आम्दानी ९ करोड ५७ लाख छभने प्राप्त हुन बाँकी आम्दानी ७ करोड ३९ लाख छ । 

योजनाले फागुन मसान्तसम्म सूचीकृत शेयर, ऋणपत्र र सूचीकृत नभएका शेयर ऋणपत्र, मुद्दति निक्षेप गरेर कुल  १ अर्व २५ करोड १२ लाख छ ।  यो लगानी माघ मसान्तसम्ममा १ अर्व २२ करोड ६१ लाख थियो । यि दुबै योजनाको व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved