एनआइबिएल म्युचुअल फण्डका तिन योजनाको अवस्था यस्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 09:57:21 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइबिएल म्युचुअल फण्डका तिन योजनाले माघको तुलनामा फागुनमा नाफा बढाएका छन् । एनआईबिएल प्रगति फण्ड, एनआइबिएल सहभागित फाण्ड र एनआइबिएल समृद्धि फण्ड १ ले नाफा बढाएका  हुन् । 

एनआईबिएल प्रगति फण्डले फागुन मसान्तसम्ममा १० करोड ८६ लाख नाफा गरेको छ । योजनाले माघमा १० करोड ९ लाख नाफा गरेको थियो । योजनाको प्राप्त भइसकेको आम्दानी २ करोड ११ लाख छभने प्राप्त हुन बाँकी आम्दानी ९ करोड ६९ लाख छ । 

योजनाले सुचिकृत सेयरमा ६५ करोड ३३ लाख लगानी गरेको छ । यस्तो लगानी माघसम्म ६४ करोड ७६ लाख थियो । योजनाको मुद्धति निक्षेपमा रकम राखेको छैन ।  योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य  ९ दशमलव ७३ रहेको छ  । माघमा ९ दशमलव ६३ रुपैयाँ थियो । 

त्यसैगरि, एनआइबिएल सहभागित फण्डले फागुन मसान्तसम्ममा  १ करोड ३२ लाख नाफा कमाएको छ । योजनाले  माघ मसान्तसम्म  १ करोड ३० लाख नाफ गरेको थियो ।  फण्डको प्रति इकाई खुद सम्पत्तिको मूल्य  १० दशमलव ६२ रहेको छ ।  योजनाको प्राप्त भइसकेको आम्दानी १ करोड २६ लाख छभने प्राप्त हुन बाँकी आम्दानी ३५ लाख ९५ हजार छ । 

योजनाले फागुन मसान्तसम्म सूचीकृत शेयर, ऋणपत्र र सूचीकृत नभएका शेयर ऋणपत्र, मुद्दति निक्षेप गरेर कुल  १५ करोड ७ लाख लगानीि गरेको छ ।  यो लगानी माघ मसान्तसम्ममा १० करोड ८३ लाख थियो । 

साथै, एनआइबिएल समृद्धि फण्ड – १ ले १४ करोड नाफा गरेको छ । योजनाले माघ मसान्तसम्म १२ करोड ५९ लाख नाफा गरेको थियो । योजनाको प्रतिइकाई खुद सम्पती मुल्य ११ दशमलव ४४ रुपैयाँ छ  । माघ ११ दशमलव ३० रुपैयाँ थियो  । योजनाको प्राप्त भइसकेको आम्दानी ७ करोड २० लाख छभने प्राप्त हुन बाँकी आम्दानी ८ करोड ४८ लाख छ । योजनाले सुचिकृत सेयर ऋणपत्र, बैंक निक्षेप र हकप्रद, सेयरमा गरी कुल ९५ करोड ४८ लाख लगानी गरेको छ । यस्तो लगानी माघमा ९२ करोड ७४ लाख ७४ हजार थियो । यितिन वटै योजनाको व्यवस्थापक एनआइबिएल एस क्यापिटल छ । 



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved