बिजपाटी सम्बाददाता     Mar 30, 2020 | 03:48:56 PM


tansen

चैत २५ गतेसम्मका लागि सेयर कारोबार बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आगामी २५ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय भएको बताए। 

"नेपाल धितोपत्र बोर्डले कारोबार बन्द गर्दा उचीत हुने र त्यहिअनुसार आफैं निर्णय लिनलाई चैत १६ गते पठाएको पत्रअनुसार नेप्सेको आज (चैत १७ गते) को संचालक समितिको बैठकले चैत २५ गतेसम्म सेयरकारोबार बन्द गर्ने निर्णय गरेको हो" सीईओ साउदले  बिजपाटीलाई बताए। 

अहिलेलाई २५ गतेसम्मको लागि सेयर कारोबार बन्द गरिएको र पछि सरकारको निर्णयअनुसार आवश्यक भए अर्को निर्णय गरिने साउदले बताए। यसअघि पनि नेप्से संचालक समितिमा सरकारले घोषणा गरेको लकडाउनको अवधिसम्मका लागि सेयर कारोबार बन्द गर्ने छलफल भएको थियो। 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका