यी ब्यबस्था गरेर शेयरबजार खुलाउने तयारी, बैंक इन्टिग्रेसन गर्ने कमिटि गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 03:24:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले बैशाख २५ गतेपछि लकडाउन केहि खुकुलो भएमा शेयर बजार संचालन गर्ने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले २५ गतेपछि लकडाउन केहि खुकुलो भए बजार संचालन गर्न अवस्था रहेको बताएका हुन् 

नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको भर्चुअल अन्तरक्रियाको क्रममा बोर्ड अध्यक्ष ढुंगानाले केहि ब्यबस्था गरेर बजार खुलाउने तयारी गरेको बताए । उनले बजार कसरी संचालन गर्ने बारे डिजाइन तयार गर्न नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन समेत दिइसकिएको बताए । 

सबै लगानीकर्तालाई  मेरो शेयर र कनेक्ट आईपीएसको सेवा लिन लगाउने, र भुक्तानीको लागि ब्रोकर तथा लगानीकर्ताले कनेक्ट आईपीएस माध्यमको प्रयोग गर्न सकिने उनले बताए । साथै उनले नेपाल राष्ट्र बैंकलाई आइपीएसमा गर्न सकिने कारोबारको सीमा बढाउँन पनि अनुरोध गरेको बताए 

लकडाउन अगाडी नै फुल बैंक इन्टिग्रेसन गर्ने कार्यको लागि कमिटि गठन गरिएको जानकारी दिदै उनले लकडाउनको कारण कमिटीले पूर्ण काम गर्ने नपाएको बताए । लकडाउन खुला भएपछि तिब्र रुपमा काम सुरु हुने र सबै यसको लागि सकारात्मक रहेकोले छिट्टै फुल बैंक इन्टिग्रेसन भई अनलाइन कारोबार सहज हुने बताए 

अन्तरक्रियाको क्रममा नेपाल इन्भेस्टर फोरमका निवर्तमान अध्यक्ष अम्बिका पौडेल, ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट, शेयरबजार विज्ञ डा. गोपाल भट्टले बजार लामो समयको लागि बन्द भईसकेकोले अब खुला गर्नु पर्ने बताएका थिए । 

पौडेलले कारोबार समय घटाएर, अर्थ मन्त्रालयसँग पासको ब्यबस्था गरेर, कनेक्ट आईपीएसको सीमा बढाएर, डिम्याट खाता र मेरोशेयरको सिस्टम बैंकसँग इन्टिग्रेट गरेर, लकडाउन अवधिमा मेरो शेयर ग्राहकले पैसा पछि तिर्ने गरी आफै रिन्यु गर्ने गरी, र इन्ट्रा डेको अवधिमा कम्पनीको शेयर मूल्यमा लाग्दै आएको सर्किटलाई १० प्रतिशतबाट झारेर ५ मा कायम गरी बजार खोल्नु पर्ने माग गरेका थिए 

त्यस्तै ब्रोकर अध्यक्षले पनि बजार लामो समय बन्द हुँदा ब्रोकरहरुलाई आर्थिक भार परेकोले बजार खोल्नु पर्ने बताएका थिए । उनले नियामक निकायले लगानीकर्ताको मनोबल बढाउने कार्य गरी बजार खोल्ने ब्यबस्था गर्न माग गरेका थिए 

अन्तरक्रियामा नेप्सेका सीइओ चन्द्र सिंह साउदले लगानीकर्ता, धितोपत्र बोर्ड , ब्रोकर तथा सबै सरोकारवाला निकायको सुझावमा छलफल गरेर लकडाउन अवधिमा बजार बन्द गर्ने निर्णय गरेको बताए । बजार खोल्नको पनि नेप्से तयार रहेको बताउदै उनले काम भईरहेको बताए ।  त्यस्तै उनले नेप्सेले गर्नु पर्ने सबै काम गरिसकेको दाबी पनि गरे । उनले २६ गतेपछि बजार खुल्न सक्ने भएकोले तयार रहन पनि निर्देशन दिएको बताए । साथै उनले मेरो शेयरलाई निशुल्क रिन्यु गर्न सकिने र लकडाउन अवधिमा मेरो शेयर लिने ग्राहकलाई निशुल्क सेवा दिन सकिने बारे पनि छलफल भईरहेको बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved