लकडाउन अगाडी भएको सेयर कारोबारको राफसाफ असार मसान्तसम्म गरे हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 04:38:12 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बजारमा कारोबार गरि राफसाफ गर्न बाँकि रहकाहरुको हिसाब राफसाफ गर्न अवधि थप भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत, करछुट तथा सुविधा स्वीकृत गर्दै अवधि थप गर्ने निर्णय गरेको हो ।



यस संगै अब राफसाफ गर्न बाँकि रहकाहरुको हिसाब २०७७ असार मसान्तसम्म राफसाफ गरे हुने भएको छ । यस अघि उक्त अवधि बैशाख मसान्तसम्म कायम गरिएको थियो । त्यस्तै धितोपत्र ऐन बमोजिम सुचिकृत कम्पनीले बोर्डलाई बुझाउनु पर्ने विवरण बुझाउने म्याद पनि थप भएको छ । अब कम्पनीले हरुले ति विवरण २०७७ असार मसान्तसम्म बुझाउन सक्ने छन् ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  चैत ९ गते अन्तिम पटक शेयर कारोबार भएको थियो । त्यस दिनको र त्यस अगाडीको बाँकि रहेको राफसाफ अब असार मसान्तसम्म गरे हुने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved