असार मसान्तसम्मको राफसाफ अन्योलबारे बोल्यो बोर्ड र मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2020 | 04:50:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शेयर लगानीकर्ताको लागि घोषणा गरेको राहतले लगानीकर्ताहरु नै अलमलमा परेका छन्   । गत आइतबार  बसेको मन्त्रिपरिषद्को बैठकले  कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरेको थियो। 

त्यस प्याकेजमा शेयरबजारका लगानीकर्ताहरुको लागि एउटा विषय छ । जसमा भनिएको छ 'धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकि रहेकाहरुको हिसाब राफसाफ गर्ने समयावधि २०७७ असार मसान्तसम्म कायम गर्ने' । यसबाट शेयरको राफसाफ पनि असार मसान्तसम्म गरे हुने भन्ने बुझाई भएकोले लगानीकर्ताहरु नै अलमलमा परेका छन् । यसबारे हालसम्म कसैले पनि थप प्रष्ट पारेका छैनन् । थप प्रष्ट नपारिएकोले आम लगानीकर्ताको बुझाई 'शेयर किनेको भए असार मसान्तसम्म पैसा दिए हुने र शेयर बेचेको भए असार मसान्तसम्म शेयर ट्रान्सफर गरे हुने' भन्ने रहेको छ । 

तर नियामकीय निकायहरुले भने कारोबारको राफसाफ अहिले जस्तै टि प्लस थ्री भित्रै हुने र यो विषय फरक भएकोले अलमलमा नपर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले यो सेयर कर्जासँग सम्बन्धित विषय रहेको र नियमित शेयर कारोबारको राफसाफलाई यसले कुनै फरक नपार्ने बताए  । यो नेपाल धितोपत्र बोर्डको समन्वयमा आएको राहतको विषय भएकोले यस बारे बोर्डले नै थप प्रष्ट पार्ने उनले बताए  ।  


नेपाल धितोपत्र बोर्डका अध्यक्षभिष्मराज ढुंगानाले पनि सबै शेयर कारोबारको राफसाफ टि प्लस थ्री मै हुने त्यसमा कुनै परिवर्तन नहुने विषयमा स्पष्ट हुन् आग्रह गरेका छन्  ।  यो शेयर कर्जाको विषय रहेको र यसको नियमित शेयर कारोबारको राफसाफसँग कुनै सम्बन्ध नरहेको उनले प्रष्ट पारेका छन्  । 

बिजपाटीसँग बोर्ड अध्यक्ष ढुंगानाले भने 'यो शेयर कर्जाको विषय हो , लकडाउनअघि सेयर धितो राखी शेयर कर्जा लिएका लगानीकर्ताले बैंकसँगको राफसाफ असार मसान्तसम्म गर्दा हुने हो ।' प्रष्टसँग बुझ्नु पर्दा शेयर कर्जाको रकम तिर्ने समय असार मसान्तसम्म कायम भएको उनले बताए  । 

यसलाई कसरी कार्यन्वयन गर्ने भन्ने बारे छलफल चलिरहेको उनले बताए ।  उनले भने ' बैंकसँग लिएको कर्जामा खासै समस्या देखिदैन, ब्रोकरहरुबाट गएको शेयर कर्जाको विषयमा भने हामी थप छलफल गर्दै छौ' ।  उनले कार्यन्वयनको पाटो एकिन भईसकेपछि नेपाल स्टक एक्सचेन्चलाई निर्देशन दिइने र उक्त निर्देशनले सबै स्पष्ट हुने बताए ।  

सरकारले धितोपत्र बारे अर्को एउटा निर्णय पनि गरेको छ । जस अनुसार धितोपत्र ऐन बमोजिम सुचिकृत कम्पनीले बोर्डलाई बुझाउनु पर्ने विवरण बुझाउने म्याद पनि थप भएको छ । अब कम्पनीले हरुले ति विवरण २०७७ असार मसान्तसम्म बुझाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved