मंगलबारबाट यसरी हुनेछ शेयर कारोबार, लगानीकर्तालाई १ दिने 'पास'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2020 | 08:11:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मंगलबारबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार सुचारु हुने भएको छ । सरकारले लकडाउनलाई केहि खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्था मार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरे संगै शेयर कारोबार सुचारु हुन् लागेको हो 

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्से, सिडीएस, मर्चेन्ट ब्रोकर, डिपी र ब्रोकरसँग गरेको सयुक्त छलफलले विभिन्न ब्यबस्था गरेर मंगलबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको हो । उक्त छलफलले लकडाउन पूर्ण रुपमा नखुल्दासम्मको लागि विभिन्न अल्पकालिन ब्यबस्था समेत गरेको छ ।

थप गरिएका ब्यबस्थाले लगानीकर्तालाई कारोबार गर्न कति सहज हुन्छ भन्ने बहस सुरु भएको छ । थप गरिएको ब्यबस्थामा "धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपीएस  वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आईपीएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने " उल्लेख छ। त्यस्तै थप गरिएको ब्यबस्था " लगानीकर्तालाई मेरो शेयर खाता खोली सोही खाताबाट अनिवार्य रुपमा ईडिआईएस मार्फत राफसाफ गर्ने व्यवस्था गर्ने " उल्लेख छ।

यससंगै मेरो शेयरको ग्राहक नभएका र आईपीएसमा आवद्द नभएका लगानीकर्ताहरु कारोबार गर्न बन्चित हुने हो कि भन्ने प्रश्न उब्जेको छ । तर नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद कोहि पनि लगानीकर्ता कारोबार गर्नबाट बन्चित नहुने बताउछन् । जो सुकै लगानीकर्ताले लकडाउन भन्दा पहिलाको जस्तै विभिन्न माध्यमहरुबाट शेयर खरिद बिक्रि गर्नको लागि अर्डर दिन सक्ने साउद बताउछन् । त्यस्तै शेयर बिक्रि गरेपछि लगानीकर्तालाई मेरोशेयरको ईडिआईएस मार्फत शेयर ट्रान्सफर गर्न प्रोत्साहित गरिएको तर मेरो शेयर  नहुने ग्राहकले ईमेल मार्फत त्यसको लागि आग्रह गर्न सकिने उनले बताए । 

त्यस्तै शेयर बिक्रिपछि ब्रोकरले लगानीकर्तालाई दिनु पर्ने रकम ब्रोकरले सम्बन्धित लगानीकर्ताको खातामा जम्मा गरिदिने ब्यबस्था गरिएको उनले बताए । त्यस्तै शेयर खरिद गर्ने लगानीकर्ताले ब्रोकरलाई भुक्तानी गर्दा आईपीएस, अन्य अनलाइन ट्रान्सफरको माध्यम तथा चेक मार्फत पनि गर्न सकिने सीइओ साउद बताउछन् । 

यदि शेयर कारोबार गर्दा कुनै कठिनाई भई लगानीकर्तालाई ब्रोकर अफिस मै जानु पर्ने अवस्था आए सम्बन्धित ब्रोकर कम्पनीको सिफारिसमा लगानीकर्तालाई धितोपत्र बोर्डले पासको ब्यबस्था गर्ने उनले बताए । 

उता स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट पनि पहिला कै अवस्था जस्तै गरी कारोबार हुन् लागेको बताउछन् । ब्रोकरलाई दिनु पर्ने रकम लगानीकर्ताले ब्रोकरको खातामा जुन सुकै माध्यमबाट जम्मा गर्न सकिने र ब्रोकरले लगानीकर्तालाई दिने रकम पनि लगानीकर्ताले भने अनुसार कै खातामा जम्मा गरिने बताउछन् । उनी भन्छन् 'पुरानै अवस्था जस्तै गरी कारोबार हुन् लागेको हो, सुरुमा केहि असहज भए पनि एक दुई दिनमा सहज हुन्छ' । अध्यक्ष रानाभाटले ब्रोकरको सिफारिसमा पाइने पास भने सवारी साधानको लागि मात्र हुने र त्यो पासको म्याद एकदिनको लागि मात्र हुने बताए । 

त्यस्तै धितोपत्र बोर्डले लगानीकर्ताहरुको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेस्कको व्यवस्था गर्नु पर्ने नियम पनि बनाएको छ  । साथै नेप्से र सिडीएसले आवश्यक सुरक्षा सम्बन्धि  नियम बनाई ब्रोकर, निक्षेप सदस्य, मर्चेन्ट बैंकरलाई लागू गर्ने नियम पनि बोर्डले बनाएको छ ।

नेप्से र ब्रोकरले कारोबार सहज हुने बताईरहंदा कारोबारमा केहि असहजता भने पक्कै हुने देखिन्छ ।  यदि कुनै लगानीकर्ताले आईपीएस सेवामा जोडिन चाहेमा त्यसको प्रोसेस झन्झटिलो छ । एनसीएचएलका प्रमुख कार्यकारी अधिकारी निलेशमान सिंह प्रधान आईपीएसमा आवद्द हुन् ग्राहक सुरुमा एक पटक बैंकमा पुग्नु पर्ने बताउछन् । ग्राहक बैंकमा पुग्ने मात्र हैन, आईपीएसमा आवद्द हुन् ग्राहकले करिब ५ पेजको अनलाइन फारम भर्नु पर्ने हुन्छ । त्यसलाई प्रिन्ट गरेर बैंकमा लानु पर्ने भएकोले आईपीएस सेवा लिन निकै झन्झट हुने लगानीकर्ता बताउछन् । तर बैंकले चिनेका ग्राहकलाई भने बैंकले इमेलको माध्यमबाट पनि सेवाको अनुमति दिने गरेको सोईओ प्रधान बताउछन् । 

साथै सार्वजनिक सवारी नचलेको हुनाले निजि सवारीसाधन नहुने लगानीकर्ता पैदल नै ब्रोकर हाउससम्म जानु पर्ने हुन्छ । तर ड्युटीमा खटिएका प्रहरीहरुले यसरी विभिन्न कामले हिडेका पैदलयात्रीलाई बाटो मै रोक्ने क्रम छोडेको छैन । यसर्थ लगानीकर्ताले सहज रुपमा कारोबार गर्न भने नसक्ने देखिन्छ । 

धितोपत्र बोर्डले गरेको १४ नयाँ ब्यबस्था 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved