'शेयरबजारमा ब्यापक चलखेल भईरहेको छ, दुबै दिनको कारोबार रद्द गर्नु पर्छ' : अध्यक्ष रौनियार

'नियामकले उपयुक्त कदम नचाले स्थिति भयावह हुन्छ'
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 08:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले हिजो मंगलबार र आज बुधबारको शेयर कारोबार रद्द गर्न माग गरेका छन् । यी २ दिनको कारोबारमा ब्यापक चलखेल भएको भन्दै यस माथि आवश्यक छानविन गरी कारोबार रद्द गर्न उनले नियामक निकायसँग माग गरेका  हुन्

लकडाउनको बीच मै खुलेको बजारमा अदृश्य शक्तिबाट चलखेल भएको उनले बताए । उनले भने ' बजारमा चलखेल भएको थाहा पाउन कारोबारको फ्लोर सिट हेरे पुग्छ, फ्लोर सिट हेर्दा ५० कित्ता भन्दा कमका कारोबार गरेर बजार घटाएको देखिन्छ, चलखेलको यो भन्दा ठुलो प्रमाण के चाहिन्छ र ? ' उनले यस चलखेलबारे नियामक निकाय समेत पूर्ण जानकार रहेको दाबी गरेका छन् । 

उनले बजार खुलेमा चलखेल हुने आभाष पहिले नै पाएको बताउदै अदृश्य शक्तिहरुले बजारमा चलखेल गर्दा आम लगानीकर्ताहरुले मर्माहत भएको बताए। ९९ प्रतिशत लगानीकर्ता घर बाहिर निस्कन सक्ने अवस्था नभई घर मै रहेको बेला  सिमित व्यक्तिहरुले चलखेल गरेको कारण बाँकि लगानीकर्ताले अनाहकमा आफ्नो सम्पति गुमाउनु परेको बताए ।

२ दिनको कारोबार हेर्दा नागरिक लगानी कोषको अक्सनको कारोबार र म्याचिङ बाहेक करिब ७४ लाखको कारोबार मात्र भएको तर ६४ अर्ब पुँजीकरण गुमेकोले यसलाई सामान्य अवस्था मान्न नसकिने उनले प्रष्ट पारे।  लगानीकर्ताहरु बाहिर निस्कन नसक्ने अवस्थामा बजार खुला गराएर चलखेल हुँदा लगानीकर्ता आक्रोशित भएको उनी बताउछन्  ।  उनी भन्छन् ' अहिले नै केहि कदम नचाल्ने हो भने, स्थिति भयावह हुन सक्छ'। लगानीकर्ताहरुले अहिले आफ्नो पुंजी गुमेको नदेखेको तर छिट्टै नराम्रो स्थिति आउँन सक्ने उनले चेतावनी दिए  । 

बजार घट्न थाल्दा लगानीकर्तालाई मार्जिन कल समेत आउँन लागेको स्मरण गराउदै उनले नियामक निकायले लाखौ लगानीकर्ताको अभिभावकको रुपमा केहि कदम नचाले परिणाम अकल्पनीय हुन् सक्ने बताए  ।  ९९ प्रतिशत लगानीकर्ताले कारोबार गर्न नपाएको यस असहज परिस्थितिमा नियामक निकायले दिएको १४ बुँदे निर्देशनमा समेत केहि पुनर्विचार गर्न उनले माग गरेका छन्  । 

उनले शेयर बिक्रि गर्नेलाई खुला राखेर शेयर खरिद गर्नेहरुलाई असहज परिस्थिति पारेको दाबी गरेका छन् । उनले भने 'निमायकले लगानीकर्ताको घाँटीमा जन्जिर लगाएर कारोबार गर्न पठाएको छ, घाँटीमा जन्जिर लगाएर कुन चै लगानीकर्ताले कारोबार गर्न सक्छ'? 

बजार ठप्प  नै पार्नु पर्छ भन्ने आफ्नो माग नरहेको तर परिस्थिति सहज हुने गरी बजारमा सबै लगानीकर्ताको पहुँच हुने सुनिश्चित गरेर मात्र कारोबारलाई निरन्तरता दिनु पर्ने उनले बताए । नियामकले दिएको १४ बुंदे निर्देशनलाई परिमार्जन नगर्ने हो भने बजारमा यसरि नै चलखेल हुने सम्भावना रहेकोले यस्तो अवस्थामा कारोबार गर्नु उपयुक्त नहुने उनी बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved