शेयर बजार बन्द गर्न बोर्डको निर्देशन, २ दिनको कारोबार छानविन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 10:12:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शेयर कारोबार आजकै मितिदेखि बन्द गर्न नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिएको छ । बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले बजार बन्द गर्नको लागि निर्देशन दिईएको बिजपाटीलाई बताए 

सरकारले लकडाउनलाई कडाई गरेको र काठमाडौँ सहितका स्थानमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले जोखिम बढेका कारण बजार बन्द गर्न निर्देशन दिईएको उनले बताए 

अध्यक्ष ढुंगानाले यस अघि भएको २ दिनको कारोबारबारे छानविन गर्न समेत नेप्सेलाई निर्देशन दिइएको बताए ।  २ दिनको कारोबारमा चलखेल भएको गुनासो आएकोले त्यसमा के कसो हो त्यस बारे अध्ययन गर्नको लागि नेप्सेलाई निर्देशन दिएको उनले बताए । समय भने नतोकिएको उनले बताए ।  

यस अघि नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले २ दिनको कारोबारमा ब्यापक चलखेल भएकोले दुवै दिनको कारोबार रद्द गर्न माग गरेका थिए । 

यो पनि : 

'शेयरबजारमा ब्यापक चलखेल भईरहेको छ, दुबै दिनको कारोबार रद्द गर्नु पर्छ' : अध्यक्ष रौनियार

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved