नेप्से र सिडीएसलाई एकै बनाउन अर्थमन्त्रीको प्रस्ताव, नियामक बिरुद्द नजान चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 03:41:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल स्टक एक्सचेन्ज नेप्से र सिडीएसलाई एउटै संस्था बनाउन प्रस्ताव गरेका छन् । नेपाल धितोपत्र बोर्डको २८ औ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री खतिवडाले यी २ संस्थालाई एक बनाउन प्रस्ताव गरेको हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा समेत नेप्से र  सिडीएसको पुन: संरचना गर्ने विषय समेटिएकोले यी २ संस्थालाई एक बनाउन उनले प्रस्ताव गरेका हुन् ।मन्त्री खतिवडाले यी २ संस्थाको एकीकृत ढंगले कारोबार गर्न सकिन्छ कि सकिदैन भन्ने विषयमा छलफल गर्न आग्रह गरेका हुन् । उनले सिडीएसलाई नेप्से कै स्याटेलाइटमा राख्ने वा धेरै स्वायत्तता दिने भन्ने विषयमा छलफल गर्न आग्रह गरेका हुन् । 

उनले पुँजीबजार सम्बद्द सम्पूर्ण संस्थाहरुलाई नियामक बिरुद्द नजान चेतावनी दिएका छन् । उनले नियामक निकायले आफ्नो स्वायत अधिकार प्रयोग गरेर निर्णय गर्ने हुनाले निमायकले गरेको निर्णयको बिरुद्द नलाग्न पनि  चेतावनी दिए । नियामक भनेको क्षमतावान र साखयुक्त संस्था भएकोले नियामकले दिएको निर्देशनलाई यदि तर वा अरु कुनै बहानामा लागु नगर्न नपाइने बताए । उनले भने 'यदि कुनै समस्या छ भने बसेर छलफल गर्न सकिन्छ, तर नियामकल  दिएका निर्देशनको बिरोध गर्दै बाहिर प्रचारप्रसार गर्न उपयुक्त हुदैन ' । 

उनले सम्पूर्ण संस्थालाई एकीकृत र समन्वयात्मक ढंगले काम गर्न आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved