शेयरबजार बन्द हुँदा लगानीकर्तालाई अप्ठेरो परेको छ : मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 07:42:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनासँग लड्दै आर्थिक क्रियाकलापहरु अगाडी बढाउनु पर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको २८ औ वार्षिकोत्सवको अवसरमा मन्त्री खतिवडाले कोरोना रोग अल्पकालीन भएकोले यसलाई जित्नु पर्ने र जितिने बताउदै उनले कोरोनासँग लड्दै दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्नु पर्ने बताएका हुन् 

मन्त्री खतिवडाले शेयरबजार पनि संचालन गर्नु पर्ने बताएका छन् । बजार बन्द गर्दा सेयर मात्र हुनेहरुलाई अप्ठेरो परेको हुन् सक्ने भएकोले बजार खोल्नु पर्ने बताएका हुन्  बजार शिथिल हुँदा  नकारात्मक असर परेकोले सरकारले पनि जीवनरक्षासँगै आर्थिक क्रियाकलाप गर्नेतिर योजना अगाडि बढाइरहेको बताए। 

उनले बजार खुलेको दिन कसरी अघि बढ्ने भन्ने योजना आवश्यक रहेकोले त्यसको लागि तयारी गर्न समेत बोर्डलाई निर्देशन दिएका छन् ।

मन्त्री खतिवडाले कर कै कारणले धितोपत्र बजारमा असर नपरोस भन्दै केहि मिलाउनु पर्ने भए अझै छलफल गरेर मिलाउन सकिने बताए । उनले टि प्लस  २ मा कारोबार गर्न सकिने ब्यबस्था गर्न, म्युचल फण्डलाई ब्यबस्थित गर्न, बजारमा अस्वभाविक उतार चढाव हुन् नदिन स्टक डिलर ल्याउनेबारे छिटो कार्य गर्न समय बोर्डलाई निर्देशन दिएका छन् । 

मन्त्री खतिवडाले वित्तीय साक्षरता विषयमा धेरै कार्य गर्न बाँकि रहेकोले बोर्ड, नेप्से, सिडीएस लगायतले पनि वित्तीय साक्षरताको लागि कार्य गर्नु पर्ने बताएका छन् ।  उनले वित्तीय साक्षरताको लागि कार्यविभाजन सहितको प्रस्ताव ल्याउन समेत बोर्डलाई निर्देशन दिएका छन् । 

यो पनि : 

नेप्से र सिडीएसलाई एकै बनाउन अर्थमन्त्रीको प्रस्ताव, नियामक बिरुद्द नजान चेतावनी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved