पुँजी बजार विकासको लागि यस्ता छन् धितोपत्र बोर्डका भावी योजना

टि प्लस टु मा राफसाफ, साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 07:52:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजार विकास तथा सुधारका लागि बोर्डको भावी कार्यदिशा सार्वजनिक गरेको छ । बोर्डले आफ्नो २८ औ वार्षिकोत्सवको अवसर पारेर भावी कार्यदिशा सार्वजनिक गरेको हो। 

यस्ता छन् बोर्डको भावी योजना : 

क) समग्र बजार विकास तथा सुधार

नेप्सेको कारोवार प्रणालीलाई धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गर्ने, धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली T+2 मा हुने तथा नेप्सेको TMS लाई प्रभावकारी बनाउने, IOSCO को साधारण सदस्यता प्राप्त गर्ने कार्य अगाडि बढाउने, बजारसम्बन्धी आवधिक रणनीतिक योजना तयार गरी लागू गर्ने, वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमतिपत्र दिने, धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने, सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण गरीसरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजार कारोवार हुने व्यवस्था मिलाउने, धितोपत्र व्यापारी (Stock Dealer) लाई अनुमति दिने, विशिष्टिकृत लगानी कोषहरु संचालन अनुमति दिने, धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिको व्यवस्था गर्ने, साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी SME Platform तथा अन्य कम्पनीको कारोबारका लागि Main Board को व्यवस्था गर्ने, केन्द्रीय तथ्याङ्क भण्डारण सम्बन्धी सफ्टवेयर विकास गरी तथ्याङ्कहरुको नियमित प्रशोधन तथा अभिलेख व्यवस्था गर्ने र बोर्डको आन्तरिक कार्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयरहरु खरिद तथा विकास गर्ने ।

ख) कानुनी संरचनामा सुधार

धितोपत्र बजारको दीर्घकालीन विकासका लागि ट्रष्ट ऐनको मस्यौदा गर्ने, हाल धितोपत्र सम्बन्धी ऐन, २०६३ रहेकोमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार नेपाल धितोपत्र बोर्डलाई जवाफदेहिता सहितको अधिकार सम्पन्न नियमन निकाय बनाउन नेपाल धितोपत्र बोर्ड ऐनको तथा धितोपत्र कारोवार तथा धितोपत्र व्यवसायीहरुको नियमनलाई प्रभावकारी बनाउन धितोपत्र कारोवार ऐनको मस्यौदा गर्ने, भित्री कारोवार बन्देज नियमावली उपर छलफल गरी नेपाल सरकारबाट स्वीकृत भई आएपछि लागू गर्ने, सार्वजनिक निष्काशनमा बनाई बुक विल्डिङ्ग प्रणाली लागू गर्ने, संगठित संस्थाहरुको मर्जर तथा टेक ओभर सम्बन्धी व्यवस्था भएकोमा सो लाई कार्यान्वयन गर्न यस सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने र धितोपत्र बजारमा गैर आवासीय नेपालीलाई प्रवेश गराउन आवश्यक कार्यविधि तर्जुमा गर्ने ।

ग) संस्थागत तथा नियमन क्षमता सबलीकरण

बोर्डमा नयाँ संगठन संरचना लागू गर्ने, विद्युतीय विवरण प्रवाह (Electronic Filling and Retrival System)  प्रणालीको वकास गरी लागू गर्ने, सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका बनाउने, बोर्डको क्षमता अभिवृद्धि गर्न अन्तराष्ट्रिय प्रतिष्ठित संस्थासग साझेदारी विकास गरी सुपरिवेक्षकीय तथा नियमकीय क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने तथा बोर्डको प्रादेशिक कार्यालय स्थापना सम्बन्धमा अध्ययन गरी जग्गा प्राप्ति कार्य अगाडि बढाउने ।

घ) अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षण

धितोपत्र बजारमा सूचीकृत जलविद्युत कम्पनीहरुको परियोजना संचालन अवधि समाप्त भएपछि सम्बन्धित कम्पनी तथा सेयरधनीको अवस्थाका सम्बन्धमा स्पष्ट नीतिगत व्यवङस्थाका लागि अध्ययन गर्ने, इन्डेक्स फण्ड (Index Fund) तथा इक्यूटी डेरिभेटिभ्स (Equity Derivatives_ औजार जारी गर्न सक्ने व्यवस्था मिलाउने, नेप्से परिसूचक र सोको गणना विधिलाई समसामयिक बनाई धितोपत्र बजारमा स्थिरता ल्याउने उपायहरु अवलम्बन गर्ने सम्बन्धमा अध्ययन गर्ने व्यवस्था मिलाउने, धितोपत्र बजार विकास सँग सम्बन्धित म्युनिसीपल वण्ड, वित्तीय समावेशीता तथा सर्ट सेलिंग जस्ता समसामयिक विषयहरुमा अध्ययन गर्ने, धितोपत्र तथा फ्यूचर्स बजार र वित्तीय शिक्षा प्रशिक्षण संस्था स्थापना सम्बन्धमा अध्ययन गरी आवश्यक कार्य अगाडि बढाउने र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., धितोपत्र व्यवसायी, स्थानीय तह र उद्योग संघसँगको सहकार्यमा धितोपत्र तथा वस्तु विनिमय बजार शिक्षा तथा जनचेतना अभिबृद्धि कार्यक्रमहरु सञ्चालन गर्ने ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved