नेप्सेमा पुनर्बीमा कम्पनीको शेयर सुचिकृत, कतिमा सुरु हुन्छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 02:59:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको शेयर सुचिकृत भएको छ  । बुधबार  कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो । सुचिकृत शेयर मध्ये ८ करोड ४० लाख कित्ता संस्थापक शेयर र १ करोड ६० लाख कित्ता साधारण शेयर रहेको छ । 

अब बजार खुलेपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्ने छन्  । कम्पनीको NRIC सिम्बलबाट कारोबार हुने छ । नेप्सेले पहिलो कारोबारको लागि १४१.४५ रुपौयाँ देखि ४२४.३५ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।

कम्पनीले कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो ।  आइपीओ बिक्री तथा वितरणपछि चुक्ता पुँजी १० अर्ब भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved