शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited ले निष्काशन गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले शेयर डिम्याट गराएका शेयरधनीको हकमा हकप्रद शेयर डिम्याट खातामा पठाईएको जनाएको हो ।
२०७६ फागुन १२ गतेपछि शेयर डिम्याट गराएकाको हकमा भने शेयर खातामा पठाउने कार्य जारी नै रहेको कम्पनीले जनाएको छ । हालसम्म पनि शेयर डिम्याट नगराएका शेयरधनीलाई कम्पनीले शेयर डिम्याट गराउन आग्रह गरेको छ । त्यसपछि मात्र शेयर खातामा आउने कम्पनीले जनाएको छ ।
त्यस्तै आफ्नो शेयर धितो राखी कर्जा लिएकाहरुले 'नो अबजेक्सन' लेटर पेश गरेपछि मात्र डिम्याट खातामा शेयर पठाइने कम्पनीले जनाएको छ ।