गत वर्ष ३५ प्रतिशत लाभांश दिएको यस लघुवित्तले यो पटक लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 10:39:56 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लघुवित्त Swadeshi Laghubitta Bittiya Sanstha  ले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश बितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले वासलात, आम्दानी तथा नाफा नोक्सान विवरण पारित गरेको हो ।

कम्पनीले विवरण पारित गर्दै विवरण र साधारणसभाको स्वीकृतिको लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । यो कम्पनी एनआईसी एसिया लघुवित्तसँग मर्जमा जाने तयारी गरेको छ । 

कम्पनीले गत वर्ष २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved