धितोपत्र बोर्डले नेप्सेलाई फेरी सोध्यो प्रष्टीकरण, यस्ता थिए यस अघिका जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 01:56:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई पुन: स्पष्टिकरण सोधेको छ । आज आइतबार पनि टिएमएसमा समस्या आएर कारोबार स्थगित भएपछि बोर्डले स्पष्टिकरण सोधेको हो ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नेप्सेमा आएको समस्या के हो, के कारणले आएको हो, यो समस्या आउनुमा जिम्मेवार को हो लगायतका विषयको जवाफ माग गरिएको बिजपाटीलाई बताए ।  साथै उनले यस्ता समस्या पटक पटक आएकोले यसको स्थायी समाधानको लागि के गर्नु पर्ने हो सो समेत सिफारिस गरि पठाउन भनिएको बताए  ।

यस अघि पनि नेप्सेको टिएमएसमा समस्या आउँदा बोर्डले नेप्सेसँग जवाफ माग्ने गरेको थियो  । एकपटक नेप्सेले  अघिल्लो दिन सिस्टममा केहि सुधार गर्द  त्यसको प्रभाव स्वरुप समस्या आएको जवाफ पठाएको अध्यक्ष ढुंगानाले बताए  ।   अर्को पटक ब्रोकर र नेप्सेबीचको लिंकेज बिग्रेर समस्या आएको जवाफ पठाएको उनले बताए  । यस पटक समस्याको समाधान समेत सिफारिस गर्न भनिएको उनको भनाई छ  ।

यस्ता प्राविधिक समस्याको समाधान नेप्सेले खोज्नु पर्न अध्यक्ष ढुंगानाको भनाई छ  । उनले भने ' अहिले आएको समस्या टिएमएसमा हो, टिएमएस नेप्से कै हो, टिएमएसमा आएको समस्या समाधान गर्न के गर्ने भन्ने सम्पूर्ण जिम्मेवारी नेप्से  कै हो । ' 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved