सेयरको अनलाईन प्रणाली सुधार्न तात्यो धितोपत्र बोर्ड, कारबाही भन्दा समाधानमा जोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 04:49:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयरको अनलाइन प्रणालीमा दैनिक जसो समस्या देखिनथालेपछि नियामक नेपाल धितोपत्र बोर्डले चाँसो लिएको छ। अनलाइन प्रणालीमा समस्या देखिनुको कारण माग गरेको बोर्डले नेप्सेका पदाधिकारीलाई डाकेर छलफल गर्ने भएको छ। 

अहिले सेयरको अनलाइन कारोबार प्रणालीमा दैनिक जसो आएको समस्याका बारेमा छलफलका लागि बोर्डले नेप्सेका अध्यक्ष, सीईओ लगायतका पदाधिकारीलाई डाकेको छ। 

त्यस्तै नेप्सेसँग छलफल पश्चात बोर्डले यस बिषयमा नेप्सेमा सबैभन्दा बढी सेयर हिस्सा भएको र मुख्य जिम्मेवार निकाय अर्थमन्त्रालयसँग छलफल गर्ने भएको छ। समाधानको विकल्प कारबाही नभएकाले यसको ठोस समाधान खोज्नुपर्ने भन्दै बोर्डले छलफललाई तिब्रता दिएको हो।  

अनलाइन कारोबार प्रणालीमा पटक पटक समस्या देखिएर लगानीकर्ता कारोबार गर्न नै बन्चित भएपछि बोर्ड तात्तिएको हो। बोर्डले सिस्टममा समस्या आउँदा नेप्सेलाई प्रष्टीकरण सोध्ने गरेको छ । तर नेप्सेले ठोस उत्तर दिन र समस्याको स्थायी समाधान दिन सकेको छैन। 

नेप्सेका तत्कालिन सीईओ सिताराम थपलियाको पालामा नै  नेप्सेले अगाडी बढाएको अनलाइन कारोबार प्रणालीले दुख दिने भन्दै टेस्टेड प्रणालीको पक्षमा धितोपत्र बोर्ड थियो। तर थपलियाले नसुन्दा र थपलियाकै पालाको गल्तीलाई बहालवाला सीईओ साउदले निरन्तरता दिँदा अनलाइन कारोबार प्रणालीमा दैनिक समस्या देखिएको छ। 

'अब यसरी चल्दैन भन्ने निष्कर्षमा पुगेर नै बोर्डले छलफललाई तिब्रता दिएको हो, अब संधै पत्र काट्ने र स्पष्टीकरण लिएर बस्ने अवस्थामा धितोपत्र बोर्ड छैन, कारबाहीले भन्दा प्रणालीकै विकल्पमा धितोपत्र बोर्ड छ, नेप्सेलाई संधै मनपरी गर्न दिने पक्षमा बोर्ड छैन' धितोपत्र बोर्ड स्रोतले बिजपाटीलाई बतायो। 

यो पनि : 

धितोपत्र बोर्डले नेप्सेलाई फेरी सोध्यो प्रष्टीकरण, यस्ता थिए यस अघिका जवाफ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved