सिभिल लघुवित्तको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 08:32:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha Limited को हकप्रदमा आवेदन दिने आज भदौ २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले पछिल्लो समय थपेको १५ दिनको समयअवधि आज सकिने लागेको हो ।  

कम्पनीले साउन २५ गतेदेखि  १:१ को अनुपातमा  शतप्रतिशतले हुन आउने ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।  कम्पनीले   हकप्रद निष्काशनको लागि असार १५ गते बुक क्लोज गरेको छ  । असार १४ सम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले हकप्रद निष्काशनको लागि कम्पनीले सेन्चुरी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी एघार करोड एकचालिस लाख चौध हजार रहेको छ । यस हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी बाइस करोड बयासि लाख अठ्ठाइस हजार पुग्ने छ।

लघुवित्तले जारी गर्न लागेको हकप्रद शेयर निष्कासनलाई केयर रेटिङ्ग नेपाल औषत भन्दा तल आधारहरु (Below avereage Fundamentals) जनाउने(CARE-NP IPO Grade 4)  ग्रेडिङ्ग प्रदान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved