आज मेरोशेयरको एप सार्वजनिक हुने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 16, 2020 | 08:32:12 AM मा प्रकाशित

tansen cement

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आज बुधबार मेरोशेयरको एप सार्वजनिक गर्ने भएको छ । सिडीएसले बुधबार बेलुका परिक्षणको लागि एप सार्वजनिक गर्ने तयारी गरेको हो । 

आन्तरिक परिक्षण सफल भएकोले अब सर्वसाधारणलाई नै परिक्षणको लागि एप सार्वजनिक गर्ने सिडीएसले तयारी गरेको हो। सिडीएसका प्रबक्ता सुरेश न्यौपानेले बुधबार बेलुका एनड्रोईड प्रयोगकर्ताको लागि एप सार्वजनिक हुने बताए । आईओएस प्रयोगकर्ताहरुले भने एप चलाउन केहि समय कुर्नु पर्ने उनको भनाई छ । 

उनका अनुसार एपमा अहिले मेरोशेयरमा रहेका सबै सुविधा हुने छ । एपबाट लगानीकर्ताले आफ्नो पोर्टफोलियो हेर्न, आईपिओ, हकप्रदमा आवेदन दिन, शेयर बिक्रिपछि डीआईएस ट्रान्सफर गर्न, शेयरको पछिल्लो मूल्य अनुसार पोर्टफोलियोको आकार हेर्न, भारित औसत लाभकरको विवरण प्रविष्ट गर्ने लगायतक सुविधा छन् । यी सबै सुविधा एपमा हुने छन् ।

हाल एकै पटक धेरै ट्राफिक बढ्दा मेरोशेयर नखुल्ने, ढिलो चल्ने, लगायतका समस्या देखिएकोमा एपमा भने ति समस्या धेरै हदसम्म कम हुने सिडीएसले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved