मेरोशेयरको मोबाइल एप संचालन, आधिकारिक भर्जन मात्र डाउनलोड गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 09:10:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरोशेयरको एप प्ले स्टोरमा राखेको जनाएको छ । हाल यस एप गुगलले रिभ्यु गर्ने क्रममा रहेकोले गुगलले रेिभ्यु गरिसके पश्चात मात्र प्लेस्टोरमा प्राप्त गरी लगानीकर्ताले डाउनलोड गर्न सक्ने सिडीएसले जनाएको हो ।

सिडीएसका आनुसार यस एपबाट मेरोशेयरको वेब भर्जनमा भएका सीआस्वा सेवा बाहेकका सबै सेवा प्रयोग गर्न सकिने छ ।  सिडीएसले हाल यो एप एनड्रोईड प्रयोगकर्ताको लागि मात्र उपलब्ध हुने र निकट भविष्य मै आईओएस प्रयोगकर्ताहरुलाई ल्याईने जनाएको छ । 

सिडीएसले  एपको डेभलपर विबरणमा सिडिएस एण्ड क्लियरिङ लि. लेखिएको एप मात्र डाउनलोड गर्न  र  कुनै पनि किसिमको एपीके लिंकमा मेरो शेयरको एप अपलोड नगरिएको प्रष्ट पारेको छ । सिडीएसले तल चित्रमा देखाए अनुसारको एप मात्र डाउनलोड आग्रह गरेको हो । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved