३० हजारले डाउनलोड गरे मेरोशेयरको मोबाइल एप, पायो ३.५ को रेटिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 09:23:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सीडीएस एन्ड क्लियरिङ लिमिटेड सार्वजनिक गरेको मेरोशेयरको मोबाइल एप डाउनलोड गर्नेको संख्या ३० हजार पुगेको छ ।  सिडीएसले बुधबार बेलुका एप सार्वजनिक गरेकोमा हालसम्म ३० हजारले यो एप डाउनलोड गरेको सिडीएसले जनाएको छ । 

एप डाउनलोड गरेका लगानीकर्ताले एपलाई प्ले स्टोरमा ३.५ को रेटिंग दिएका छन् ।  त्यस्तै लगानीकर्ताले एपमा ड्यासबोर्ड राख्न, फिंगरप्रिन्ट लगइन सुबिधा राख्न, डार्क मोड फिचर राख्न, युजर इन्टरफेसमा सुधार गर्न, पोर्टफोलियो लिस्टमा देखाउन मिल्ने बनाउन सुझाव दिएका छन् । 

सिडीएसले मेरोशेयरको वेब भर्जनमा भएका सीआस्वा सेवा बाहेकका सबै सेवा प्रयोग गर्न मिल्ने गरि वेब सार्वजनिक गरेको हो ।  

सिडीएसले  एपको डेभलपर विबरणमा सिडिएस एण्ड क्लियरिङ लि. लेखिएको एप मात्र डाउनलोड गर्न  र  कुनै पनि किसिमको एपीके लिंकमा मेरो शेयरको एप अपलोड नगरिएको प्रष्ट पारेको छ । सिडीएसले तल चित्रमा देखाए अनुसारको एप मात्र डाउनलोड आग्रह गरेको हो । 


एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved