नेप्सेको शेयर कारोबार प्रणालीको अडिट गर्ने प्रक्रिया सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 03:19:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले इन्फर्मेशन सिस्टम अडिटको कार्य अगाडी बढाएको छ । नेप्सेले सिस्टम अडिटको लागि इच्छुक कम्पनीहरुलाई आवेदन दिन  असोज १ गते सार्वजनिक सूचना आग्रह गरेको हो 

नेप्सेले इन्फर्मेशन सिस्टम अडिट सम्बन्धि कार्य गर्ने परामर्शदाताहरुबाट सिस्टम अडिटको अनुभव सहित आवेदन दिन आग्रह गरेको हो । आवेदन दिँदा कर चुक्ताको प्रमाण पत्र, भ्याट दर्ता , प्यान नम्बर, संस्था नवीकरणको प्रमाणपत्र लगायतका कागजात पेश गर्नु पर्ने नेप्सेले जनाएको छ 


इन्फर्मेशन सिस्टम अडिटमा सूचना प्रविधिसँग सम्बन्धित सबै सफ्टवेयर र हार्डवेयरको लेखापरीक्षण गरिन्छ । यस अन्तर्गत नेप्सेसँग हाल भएका सम्पूर्ण सफ्टवेयर र  हार्डवेयरको अडिट अर्थात लेखापरीक्षण गरिने छ । नेप्सेको हालको शेयर कारोबार प्रणालीको पनि अडिट हुने छ । 

अडिट गर्ने कम्पनीले ति सिस्टममा भएका सकारात्मक पक्ष, नकारात्मक पक्ष, सबल पक्ष, कमजोर पक्ष, सुधार गर्नु पक्ष लगायतका विषयको पहिचान गरि आवश्यक सुझाव दिने छ । 

गत साता अर्थ मन्त्रालयमा भएको छलफलमा नेप्सेले २ साता भित्र सिस्टम अडिटको लागि टेण्डर जारी गर्ने सहमति भएको थियो । सोहि अनुसार नेप्सेले इन्फर्मेशन सिस्टम अडिट कार्य अगाडी बढाएको हो । नेप्सेले २ वर्षपछि पहिलो पटक इन्फर्मेशन सिस्टम अडिट गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved