प्रिमियममा आईपिओ निष्काशन गर्न लागेको रुरु हाइड्रोले पायो ग्रेड ३ को रेटिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 09:24:18 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न लागेको रु रु जलविद्युत परियोजना लिमिटेडले ग्रेड ३ को रेटिङ पाएको छ  । इक्रा नेपालले कम्पनीलाई ग्रेड ३ रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्षहरु औसत रहेको जनाउछ । २ वर्ष अगाडी कम्पनीले ४ प्लस को रेटिंङ पाएकोमा अहिले सुधार भएको हो  । 

आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरि कुल ८ लाख १५ हजार ४ सय ११ कित्ता शेयर निष्काशनको अनुमति मागेको हो ।

जस मध्ये कम्पनीले ४ लाख ७ हजार ७ सय ५ कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि ४ लाख ७ हजार ७ सय ६ कित्ता सर्वसाधारणलाई छुट्याएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्ने शेयर भने प्रिमियममा निष्काशन गर्न प्रस्ताव गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रति कित्ता १२० मा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

कम्पनीले ५ मेगावाटको माथिल्लो हुग्दीखोला आयोजना संचालन गरिरहेको छ  । रु रु परियोजनाले निर्माण गरेको माथिल्लो हुग्दीले २०७१ चैतबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved