सिद्धार्थ बैंकले पायो ३ अर्बको ऋणपत्र निष्काशन अनुमति, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 10:57:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज १ गते कम्पनीलाई ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो । 

यस संगै अब बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । जस मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई निष्काशन हुनेछ भने १८ लाख कित्ता 'प्राइभेट प्लेसमेन्ट' अर्थात् व्यक्तिगत टावरमा बिक्रि हुने छ ।

 ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।  ऋणपत्र निष्काशनको लागि बैंकले एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

बैंकले यस अघि २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved